Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

नयाँदिल्लीमा सिए विद्यार्थीले गरे नयाँ वर्षको सांस्कृतिक कार्यक्रम

सोमबार, २८ चैत्र २०७३

काठमाडौं २८ चैत/भारतमा चार्टर्ड एकाउन्टेन्ट अध्ययरत विद्यार्थीहरुको हक, हितको लागि गठन भएको विद्यार्थीहरुको साझा संस्था हातेमालो नेपाली विद्यार्थी समाजले ले नयाँ वर्षको उपलक्ष्यमा भारतको राजधानी नयाँदिल्लीस्थित लक्ष्मीनगरमा एक वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

सो कार्यक्रममा सिए अध्ययरत विद्यार्थी, कलाकार तथा भारतमा रही विभिन्न क्षेत्रमा क्रियासिल नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा लोक गायक खुमन अधिकारी र रमिला न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा दार्जिलिङको ख्यातिप्राप्त व्याण्ड मन्त्र व्याण्ड र सिओडी व्याण्डका गायक विधान प्रधानको समेत उपस्थिति रहेको थियो । सो कार्यक्रमका नेपाली कलाकारहरुले विभिन्न गित, संगित तथा अन्य सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । 'बाँडेर खुसी, उत्साह र  हर्ष आऔ संगैसंगै नाचौं' भन्ने उदघोषसहित सो कार्यक्रमको आयोजना गरिएको थियो  ।

कार्यक्रमले नेपाली भाषा, संस्कृति र कलाको संरक्षण र सम्वर्द्धनमा टेवा पुग्ने आयोजकले बताएका छन् । समाजले विभिन्न समयमा दिल्लीमा कार्यक्रमहरुको आयोजना गर्ने गर्दछ ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया