Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

मिस नेवा:को लाइब्रेरी अभियान

शनिबार, २६ चैत्र २०७३

काठमाडौं २६ चैत/मिस नेवा: इशु श्रेष्ठ पुस्तकालय निर्माण अभियानमा जुटेकी छन् । हालै उनले कमलपोखरीस्थित कमलनारायण निमाविमा पुस्तकालय बनाएकी छन् । पुस्तक र फर्निचर सहित व्यवस्थान गरेर उनले समाजसेवी सिर्जना सिंह र न्हुच्छेनारायण मानन्धरको हातबाट पुस्तकालय उदघाटन गराइन् । बालबच्चालाई पढ्न र सिर्जनात्मक ज्ञानका लागि अभिप्रेरित गर्न वाल पेन्टिङ र कलाकृति समेत तयार पारेर पुस्तकालय सजाइएको उनले बताइन् । विद्यालयमा १ सय ८० विद्यार्थी छन् । काभ्रे, सिन्धुली, काठमाडौं लगायतका थलोका १० विद्यालयमा पुस्तकालय बनाउने मिस नेवा आयोजक नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया