Edukhabar
आइतबार, १८ कार्तिक २०८१
विचार / विमर्श

आवासीय विद्यालय र बाल मानसिकता

आइतबार, १० जेठ २०७२

- ईश्वरीप्रसाद पोखरेल / यो अध्ययन विश्व प्रचलनको आधुनिक आवासीय शिक्षा पद्धतिमा केन्द्रित छ । बालबालिकाको भविष्य निर्माणको शर्तमा आजका अभिभावकले ठूलो धनराशी लगानी गर्दछन् । बाल रुचि, अभिभावक चाह्ना र कतिपय सन्दर्भमा बाध्यतापूर्वक सन्तानलाई बोडर्स गर्ने जस्ता पक्ष अध्ययनमा खोतल्ने प्रयास गरिएको छ ।

आवासीय विद्यालयमा बस्ने विद्यार्थीहरुका मनोवैज्ञानिक, मनोसामाजिक, शैक्षिक पक्षका धारणा खोतल्ने जमर्को गर्दै शिक्षा पद्धतिबारेका केही अन्य गतिविधिसम्बद्ध तथ्यहरुलाईसमेत नियाल्ने प्रयास गरिएको छ । मानवीय मूल्य मान्यता र परोपकार भावनासाथ खोलिएका राष्द्रिय तथा अन्तर्राष्द्रिय चासोका एसओएस जस्ता विद्यालयका ग्राम बालबालिकाहरुको आवास व्यवस्था र धार्मिक तथा सांस्कृतिक संस्थाको उद्देश्यानुरुप स्थापना भएका गुरुकूल, गुम्बा र मदरसा एवम् नितान्त पश्चिमा पद्धति र शैलीका शिक्षा दिने आवासीय विद्यालयहरु पनि नेपालमा सञ्चालित छन् । तर अध्ययनमा नेपाली समाजको स्वीकृतिमा स्थापित निजी विद्यालयहरुबाट सञ्चालित प्रतिनिधिमूलक आवासीय विद्यालयहरुलाई मात्र विषय बनाइएको छ ।

कतिपय अभिभावकहरु भूगोल, बाध्यता र रोजगारी आदिका कारण चाहेर वा नचाहेर आफ्ना स–साना नानीहरुलाई आफूभन्दा अलग राख्न बाध्य छन् । अभिभावकका यी कठिनाइहरुलाई केही हदसम्म आवासीय विद्यालयहरुले उनीहरुका बच्चाहरुलाई बोडर्स गरिदिएर समस्या समाधानमा सहयोगी भएको पाइन्छ । होस्टल बस्ने विद्यार्थीका अभिभावकहरु बच्चाको भविष्य उज्जवल हुने कुरामा ढुक्क र निस्फिक्री अनुभव गर्दछन् । वास्तवमा सबै आवासीय विद्यालयहरुमा बच्चाहरु खुशी हुन्छन् वा हुँदैनन् रु

अभिभावकले सोचे अनुरुप बच्चाले नतिजा प्राप्त गर्छन् वा गर्दैनन ्रु जस्ता  जिज्ञासा समाजमा धेरै पाइन्छन् । वास्तवमा यथार्थता के हो रु बोडर्स विद्यार्थी पनि त्यत्तिकै सचेत र सन्तुष्ट भई आफ्नो भविष्यप्रति क्रियाशील हुन्छन् रु यो मुलुकको विशद्खोज र अध्ययनको विषय हुन सक्छ । यसतर्फ राज्य, समाज र सचेत वर्गले पर्याप्त ध्यान दिनु आवश्यक छ । समाजका लागि समसामयिक र अति आवश्यक बहसको क्षेत्र आवासीय विद्यालयतर्फ नीति निर्माता र नियन्ताहरुको ध्यान अपेक्षाकृत कम गएको गुनासो छ । यही विषयलाई अध्ययनमार्फत सार्वजनिक गर्नु र यथार्थ अवस्था देखाउने प्रयास नै लेखको सार हो ।

 विषय प्रवेश :

मुख्यत शिक्षण सिकाइमा बालबालिकाको बालमनोविज्ञानको ख्याल गर्नु पर्दछ । सिकारुको सिकाइप्रतिको रुचि नै क्षमता अभिवृद्धिको मुख्य आधार हुने गर्दछ । बच्चाको उज्ज्वल भविष्य निर्माणमा घर तथा सामाजिक वातावरणको महत्त्वपूर्ण भूमिका हुन्छ । सबै समस्याको समाधान सामूहिक प्रयासमा मात्र सम्भव हुन्छ । बालबालिकाको भविष्यसित जोडिएका चुनौतीहरु कुनै पनि अभिभावकले एक्लै समाधान गर्न सक्दैनन् । प्रत्येक अभिभावकले आफ्ना बालबालिकाको स्वप्निल भविष्यलाई लिएर चिन्तन गर्दछन् । सञ्चार पहुँच र नेट इन्टरनेटको सुविधाको प्रयोग क्षमता हुनेहरुले समाधानका उपायहरु पनि विश्वबजारमा खोज्दछन् । उचित विकल्पको खोजीमा परिचित तथा आफन्तको रायसुझाव लिन्छन् । सबैको राय सल्लाह लिएर विभिन्न विकल्प पहिचान गरेर अन्तिम निर्णयमा पुग्दछन् ।

आजभोलिका कतिपय अभिभावकहरु आफ्ना बच्चाहरुलाई सर्वोत्कृष्ट बनाउन, कठोर अनुशासनमा राखी तह लगाउन तथा आफू स्वतन्त्रतापूर्वक काम गर्न, रहन, बस्न र घुमफिर गर्नका लागिसमेत छोराछोरीको स्याहारसुसारको झन्झटिलो व्यावहारिक बन्धनबाट मुक्त हुने लालसा गर्दछन् ।

सरकारी तहबाट स्थापित आवासीय विद्यालयमा ख्याति पाएका बुढानिलकण्ठ, गण्डकी बोर्डिङ्ग जस्ता विद्यालयलाई उछिन्दै नितान्त निजी लगानीका लिटिल एन्जेल्स, जेम्स, ग्यालेक्सी , मल्पी इन्टरन्याशनल जस्ता आवास र घरबाट आउने जाने सुविधासहितका सयौँ विद्यालयहरु देशका कुनाकाप्चामा स्थापना भई गुणात्मक शिक्षाका लागि समाजमा प्रतिस्पर्धामा छन् । जहाँ हजाराँै हजार भावी पुस्ताका नागरिकको भविष्य जोडिएको छ । प्रहरी, सैनिक जस्ता निकायहरुले समेत आफ्ना र आमनागरिकका सन्तानका लागि गुणात्मक शिक्षा प्रवद्र्धन गर्न आफ्ना मातहतमा आवासीय विद्यालय, कलेजहरु सञ्चालन गरिरहेका छन् । राज्यले प्रारम्भ गरेको आवासीय शिक्षा पद्धतिले फड्को मार्दै विद्यमान समयमा अनेकाँै थरिका शिक्षण संस्थाहरु समाजमा अस्तित्वमा देखिएका छन् ।

आवासीय विद्यालयको पर्याय निजी प्रयासको अभियान मात्र हो भन्ने छाप जनतामा पर्न गएका बेला सरकारले हिमाली १० जिल्लाका केही विद्यालयमा आवासीय शिक्षा पद्धतिको अवधारणा र कार्यक्रम कार्यान्वयनमा ल्याउन थालेको छ । त्यसरी नै दुर्गम क्षेत्र र जिल्ला तहका प्रतिभाशाली बालबालिकाहरुका लागि प्रतिस्पर्धा गराई क्षेत्रीयस्तरमा आवासीय विद्यालयमा बुढानिलकण्ठ मोडलको छात्रवृत्ति पनि विस्तार गर्दै लगेको छ ।

स्तरीय तथा बृहद् आकारका छात्रावासमा बसी सेवा–सुविधा पाएका छात्र ÷छात्राहरुको आवासीय अनुभवको प्रतिक्रियाको गहन अध्ययन गरी तथ्य बाहिर ल्याउनुले आवासीय पद्धतिको शिक्षाका सबल र सुधारका पक्ष पहिल्याउन प्रशस्त सहयोग पुग्दो हो तर कार्य चुनौतीपूर्ण हुने देखिन्छ । जतिसुकै कठीन भएपनि आवासीय विद्यालयहरुले समाज र अभिभावकहरुलाई पु¥याएको योगदानलाई यथार्थ चित्रहरुसहित  समयसमयमा बाहिर ल्याउनु अति आवश्यक लाग्दछ । यसैले वैयक्तिक पहँुच, रुचि तथा परिश्रमका बलमा १० जिल्लाका २० विद्यालयका छात्रावासमा बसी अध्ययनरत २९ छात्रा र ३४ छात्र गरी ६३ जना कक्षा ३ देखि १० सम्म पढ्ने बालबालिकाको सहभागिताको अवधारणालाई विषय प्रवेश बनाइएको छ ।

आवासीय शिक्षाको पृष्ठभूमि :

पौराणिक तथा ऐतिहासिक कालखण्डमा धार्मिक तथा साँस्कृतिक शिक्षाको उच्च महत्त्व थियो । शिक्षा किनबेचको विषय थिएन र त्यसो गर्नु ठूलो पाप मानिन्थ्यो । विगतमा सामुदायिक विकासमा सहयोगी हुँदै आएको धार्मिक शिक्षा आजपनि त्यही मान्यतामा उदारभावनाका दानपुरुषहरुको लगानीमा सुस्त गतिमा चलिरहेको पाइन्छ । यद्यपि समाजका दृष्टिमा गरिब, अपहेलित र पढाइ खर्च पु¥याउन नसक्ने अभिभावकका सन्तानका लागि समाजकल्याण प्रयोजनार्थ नि ः शुल्क र आवासीय पद्धतिमा सञ्चालित विद्यालयहरु भनी उपेक्षा गर्ने संस्कार बढ्दो छ ।

भारतीय भूमिको राजधानी नयाँ दिल्लीमा अवस्थित मोतीनाथ संस्कृत महाविद्यालय आर्य संस्कृतिका अनुयायीहरुबाट सञ्चालित आधुनिक विद्यालय ९परम्परागत रुपमा आश्रम०को झलक दिने संस्था हो । उक्त कलेजमा कक्षा ६ देखि १२ सम्मको संस्कृत शिक्षा लेखकको शैक्षिक योग्यता हो । लेखकको आफ्नो बाल्यकालीन व्यक्तिगत जीवनको अधिकांश भाग यस्तै शिक्षण संस्थाका आश्रयमा बित्यो । त्यतिबेला जीवनको हिडाइको वैयक्तिक कुनै सुनौलो सपना बुनिएन । अभिभावक आफन्त सबैको कुनै निर्धारित गन्तव्य वा उद्देश्य थिएन । पढोस्, सिकोस् र राम्रो बनोस् भन्ने चाह्ना थियो तर के राम्रो र के नराम्रो रु छुट्टाएर यसमा हिड्नु पर्दछ भनी सम्झाइएको स्मरण छैन । जीवनको हिडाइमा राम्रो र नराम्रो बाटो तय गरिदिने काम विद्यालयका अपरिचित सञ्चालक, गुमनाम गुरुहरु र विभिन्न क्षेत्रबाट पढ्न आएका साथीसँगातीहरुको स्वविवेकीय व्यवहारमा निर्भर थियो । संस्था चलाउने र शिक्षा दिनेहरु आफ्नो आत्मलाई साक्षी राखी मन, वचन र कर्मले ईश्वर सेवाका रुपमा निस्वार्थ कर्तव्य पालना गर्दथे यो अघोषित जिम्मा पौराणिककालदेखि आजसम्म चल्दै आएको छ ।

बाल्यकाल पूर्वीय सनातन धर्म, वैदिक संस्कृतिमूलक आचरणको अभ्यासमा बित्यो । अध्ययन पश्चाद् जागीरे हुँदा समाजका विविधता, संस्कृति, धर्म, रीतिरिवाज , भाषा , वेषभूषा जस्ता पक्षमा उत्सुक भइयो र मौका मिलेसम्म प्रशस्त फाइदा उठाउने प्रयास पनि भयो । यसर्थ थोरै भएपनि सनातनदेखि परम्परागत रुपमा चल्दै आएका हिन्दु संस्कृतिका गुरुकूल ÷ आश्रम, बौद्ध धर्म संस्कृतिका गोन्पा, गुम्बा वा विहार, तथा इस्लामहरुका लागि मदरसाहरुमा दिइने धार्मिक मूल्य मान्यताको सम्मान गरिने शिक्षाबारे धेरथोर जानकारी छ । त्यस किसिमको शिक्षाको जीवन आर्दश , नैतिकता र व्यवहारप्रति गहिरो चासो र श्रद्धाभाव मात्र होइन ती शिक्षा पद्धतिमा पाइने नैतिकता र विश्वबन्धुत्वको उच्चभावप्रति गहिरो आस्था छ । यसर्थ बेलामौकामा  यस्ता स्थानहरुमा समय मिल्नासाथ पुग्ने र जानकारी लिने तथा कर्तव्य निर्वाहमा सरिक हुने प्रयास हुन्छ । यस सन्दर्भमा कपिलवस्तुका मदरसा, देशभित्रका विभिन्न स्थानका गुरुकूल÷ आश्रमहरु तथा खोटाङको हलेसी महादेव र काठमाडौमा सञ्चालित गोन्पा शिक्षाका बाल भिक्षु र भिक्षुणीहरुले शिक्षा लिने थलोहरुकोसमेत स्थलगत भ्रमण , अवलोकन र सरोकारवालासंग अन्तरक्रिया गर्ने अवसर मिलेको छ । यिनै पृष्ठभूमिमा आधुनिक शिक्षा र आवासीय व्यवस्थापनका विषयमा केन्द्रित अध्ययनलाई अगाडि सारिएको छ ।

अध्ययनको विषय सान्दर्भिकता र चुनौतीहरु :

माथि उल्लेख गरिएको शिक्षा पद्धतिमाथि गरिने टिपोट, आक्षेप र यथार्थताहरुका बारेमा छुट्टै अध्ययन ,बहस र खोजीको आवश्यकता देखिन्छ । यी खाले धार्मिक संस्थाहरुका सामाजिक योगदानका सकारात्मक र नकारात्मक पक्षहरुपनि थप अध्ययनका विषय बन्न सक्लान् । त्यसैले धार्मिक तथा सांस्कृतिक विद्यालयमा पढ्ने र बस्ने विद्यार्थीका धारणा यो अध्ययनमा समेट्ने प्रयास गरिएको छैन । ती संस्थाहरु कुनै व्यक्ति विशेषको आय आम्दानीका लागि नचली सामाजिक र सार्वजनिक स्वार्थमा केन्द्रित भई चलाइएका र प्रायः समाजका सबै समुदाय र वर्गका लागि खुला गरिएका पाइन्छन् ।

यद्यपि धर्म, संस्कृति , सम्प्रदाय र रीतिरिवाजका नाममा आज पनि यी संस्थाहरुमा प्रशस्त विभेद देख्न र अनुभूत गर्न पाइन्छ । राज्य तहबाट विभेद न्यूनीकरणका प्रयास हुँदा पनि यी धार्मिक सांस्कृतिक केन्द्रहरुमा जरा गाडेर रहेका कतिपय विकृत सामाजिक चलनलाई पूर्ण रुपमा भत्काउन नसक्दा लैङ्गिक ,जातीय र साँंस्कृतिक रुपमा पूर्ण न्यायिक हुन नसकेको तथ्यलाई पनि यस सन्दर्भमा आँखा चिम्लिन सकिँदैन । यस किसिमका शिक्षाका विषयमा छुट्टै अध्ययन अनुसन्धान गरिनु बढी न्यायमूलक होला ।

यस अध्ययनमा नेपाली समाजका निजी विद्यालयका आवासीय बालबालिकाहरुलाई मात्र सहभागी बनाइएको छ । समाजका कतिपय अभिभावकहरु भूगोल, बाध्यता र रोजगारी आदिका कारण चाहेर वा नचाहेर आफ्ना स–साना नानीहरुलाई आवासीय विद्यालयमा राख्न बाध्य देखिन्छन् । बच्चाहरुलाई बोडर्स गरिदिएर समस्या समाधानमा सहयोगी भएका सबै आवासीय विद्यालयहरु राज्य, समाजलाई गुनको ऋण बोकाउन सफल भएका छन् । समाज र राज्यको अपेक्षालाई आवासीय विद्यालयहरुले कसरी पूरा गरिरहेका छन् भन्नेतर्फ नीति निर्माता र नियन्ताहरुको ध्यान खिँचिनु आवश्यक छ ।

आफ्ना विद्यार्थीबाट नकारात्मक कुरा वा सहीतथ्य जानकारी गराउन नसक्दा आवासीय विद्यालयप्रति भ्रम सिर्जना हुन्छ कि भन्ने त्रासले अधिकाँश विद्यालयहरुले अध्ययनमा सहभागी गराउँन विद्यार्थीहरुलाई प्रोत्साहित गर्दा रहेनछन् । जति अनुरोध गर्दा पनि बच्चाहरु सहभागी हुन वा विद्यालयहरुले सहयोग गर्न  चाह्दा रहेनछन् । यसैले सहभागी भए पनि प्रायः जसो विद्यार्थीहरु आवश्यकतानुसार खुल्न नसक्नुलाई स्वाभाविक र तथ्यपरक नै लाग्यो । कतिपय बच्चाहरु अध्ययनमा जाँदा स्कुलमा पटक्कै नखुल्ने गरेपनि अनौपचारिक रुपमा भेट हुँदा प्रशस्त खुलेको पाइयो । त्यसैले बोडर्स बस्ने बच्चाहरु आफन्त कहाँ आएको, घरमा आएको तथा कुनै कार्यक्रम वा विशेष अवस्थामा भेट भएको र आफ्नै चिनजानका नजिकका बच्चाहरु छात्र ३४ र छात्रा २९ गरी ६३ जना ९ जो बोडर्स बस्छन् ०लाई विश्वासमा पारी अध्ययनको माध्यम बनाइयो र तथ्यपरक जानकारी लिने प्रयास गरियो ।

सोधिएका जिज्ञासाहरु खुला छाडिएकाले लिखित उत्तर दिएकाहरुले बुँदागत विचार दिए भने मौखिक भन्नेहरुका उत्तरलाई डायरीमा टिपोट गरियो । सम्भावित उत्तरको कुनै सङ्केत गरिएन । त्यसैले कतिपय उत्तरलाई दुई, तीन हुँदै पाँच ओटा विकल्पमा समायोजन गरियो । अध्ययनलाई ठोस निष्कर्षमा पु¥याउन एउटै कक्षामा पढ्ने, समवय र एउटै विद्यालयका आवासीय विद्यार्थी ९ छात्रछात्रा० तथा त्यसरी नै कम्तिमा पाँच विकास क्षेत्रका एक दुई विद्यालय गरी १० ओटा जतिका प्रत्येक बोडर्स १० जनाका दरले १०० जना विद्यार्थीको अनुभूति र यथार्थता अध्ययन गर्न पाएको भए अझ यथार्थता नजिकबाट पस्किन सकिँदो हो रु राष्द्रिय मापदण्डको प्रश्नावली बनाएर सुविधाहरुसहितको चिरफार, बुढानिलकण्ठदेखि सैनिक, प्रहरी र निजी क्षेत्रका लिटिल एन्जेल्स हुँदै स–साना हैसियतका विद्यालयमा छाती फुकाएर अध्ययन अवलोकन गरी आवासीय विद्यालयको वास्तविक चित्र बाहिर ल्याउन पाएको भए अझ गुणात्मक हुँदो हो रु

विद्यार्थीले डरत्रास बोकेर विद्यालयलाई थाहा नहोस् भन्ने आसयकासाथ र अध्ययनकर्ताले पनि तथ्य बाहिर ल्याउने उद्देश्य नखोलीकन अनौपचारिक किसिमले टिपोट गरेका विचारहरुलाई सार्वजनिक गरिएको हो । यसर्थ अध्ययन गरिएका १० जिल्ला र २० आवासीय विद्यालयको विवरणलाई सार्वजनिक गर्न आवश्यक ठानिएन । तापनि प्रारम्भिक प्रयासमा आवासीय विद्यालयमा बस्ने बच्चाहरुको प्रतिनिधित्व हुने अन्तरात्मादेखि व्यक्त धारणालाई यहाँ मुखरित गर्न सकेकोमा लेखकलाई केही सन्तुष्टि लागेको छ ।

विद्यालय छनौटको निश्चित आधार र योजना नबनाइकन काठमाण्डौँका ३ जिल्लाका ६ विद्यालयहरु , सुनसरी १, काभ्रेपलाञ्चोक १, रुपन्देही ३, कपिलवस्तु २, गुल्मी ३, नेपालगञ्ज १, कैलाली २ गरी जम्मा १० जिल्लाका २० ओटा विद्यालयका ३४ छात्र र २९ छात्रा तथा समाजमा पुगी गरेको अध्ययन भएकाले विद्यालयको नामावली प्रकाशन गरिएन ।

बालबालिकाहरुसँगको जिज्ञासा र प्राप्त उत्तरको खोजीमा जुटेका प्रमाणहरु लेखरचनाका तथ्यपरक आधार हुन् । अध्ययनले कुनै आवासीय विद्यालयलाई उचाल्ने, होच्याउने र भावी दिनका लागि सुझाव दिने काम गर्दैन । तर ती विद्यालयका बालबालिकाका धारणाले समग्र आवासीय विद्यालयहरुका आवश्यकता, व्यवस्थापनमा गर्न सकिने सुधार र अभिभावकहरुले ध्यान दिनु पर्ने पक्षमा थोरै भएपनि सहयोग पुग्ने आशा गरिएको छ ।अध्ययनका विषयवस्तु र सरोकारवालाका धारणाहरुअध्ययनमा जिज्ञासा खुला तथा सिधा उत्तर लेख्न वा मौखिक धारणा व्यक्त गर्न अवसर दिइएको थियो । प्रयोग गरिएका जिज्ञासाहरु बहुवैकल्पिक उत्तर आउने खुला प्रश्नावलीहरु १२ ओटा थिए ।
अध्ययनको चुरो र पाएको गुदो एक समीक्षात्मक विश्लेषण ः

 जिज्ञासा एकमा :

२३.८० प्रतिशतले रमाइलो देखे र १९.०४ प्रतिशतले ठीकै छ भनी मध्यम सन्तुष्टि जाहेर गरेकाले ४२.८४ प्रतिशतले रमाइलो र ठीकैलाई सकारात्मक उत्तरले आवासीय बसाइलाई मनपराएको देखिन्छ । तर ४१.२६ ले नरमाइलो भनी असन्तुष्टि जाहेर गरेको तथा १५.८७ प्रतिशतले कुनै उत्तर दिएनन् । यसको अर्थ लगाउनेहरु भन्छन् उत्तर नदिनुको अर्थ सकारात्मकभन्दा नकारात्मक पक्षमा जोड पु¥याउनु हो । यसरी समग्रमा ५७.१४ प्रतिशतले होस्टल बसाइलाई उच्च स्थान नदिएको वा सुधारको पक्षमा काम गर्न बाँकी छ भन्ने देखाए । उत्तर नदिनेहरुलाई सकारात्मक र नकारात्मक ५० ÷५० प्रतिशतमा अनुमान गर्दा पनि सन्तुष्ट हुनेहरु ५१ प्रतिशत र ४९ प्रतिशत बेखुश वा अन्यौलमा रहेको देखाउँछ ।

जिज्ञासा २ मा :

होस्टल बस्नुका कारणमा बाबु आमाको योग्य बनाउने अभिलाषा ३३.३३ प्रतिशतको सहमति रह्यो । आफू बिग्रिएको हुँदा सुधार्नलाई बोडर्स राखिएको २६.९८ प्रतिशतको नकारात्मक उत्तरले जोसुकैलाई चिन्ता थप्दछ । त्यस्तै घरमा धेरै चकचके भयो भनी नियन्त्रणार्थ बाबुआमाले सुरक्षाका लागि बोडर्स राखेको ७.९३ प्रतिशतको भनाइलाई नकारात्मक पक्षमा जोड्दा ३४.९२ प्रतिशतले आफूलाई नियन्त्रण र सुधार गर्न नै बोडर्स राखिएको मानसिकतामा पढिरहेको देखाए । बालमस्तिष्कमा म खराब हुँ र सुधार गर्न नै मलाई घरदेखि टाढा राखिएको हो भन्ने नकारात्मक छाप परेको देखाउँछ । त्यस्तै आफ्ना सन्तानलाई योग्य र महत्वाकांँक्षी बनाउने सोच पनि उनीहरुकै अभिभावकको हो । राम्रो आचरण विकास गर्ने र गलत बानीलाई सुधार्ने र योग्य तथा सक्षम नागरिक बनाउने अभिभावकको  चाह्नाकै कारण ६८.२५ प्रतिशत बच्चाहरु बोडर्स बसेको देखिन्छ । बोर्डिङ्ग पढ्ने मन गाउँमा उक्त किसिमको विद्यालय नभएको र शहरमा आफ्नो घर नभएकाले होस्टल बस्नु परेको १७.४६ प्रतिशतले सकारात्मक पक्षबाट आफ्नो बाध्यता खुलाए । बाबु आमा अति व्यस्त वा घरमा रेखदेख गर्ने अभिभावकको अभावमा बोडर्स बस्नेको संख्या ७.९३ प्रतिशत  र उत्तर नदिई असन्तुष्टि पोख्ने पनि ७.९३ प्रतिशत पाइए । समग्रमा आफ्नो राजीखुशीले होस्टल बस्ने विद्यार्थी अति नै कम पाइए पनि अभिभावकहरुले विविध कारण देखाएर आफ्ना बच्चाहरुलाई बोडर्स गर्ने गरेको तथा बच्चाहरुले दवाव र बाध्यताले बोडर्स बस्नु परेको विवरणले देखाउँछ ।

जिज्ञासा ३ मा :

होस्टल बसाइका राम्रा राम्रा पक्षहरु छन् । ती राम्रा कुराहरु उल्लेख गर्दा साथीत्व र सहभागितात्मक वातावरणको सिकाइको अवसर मुख्य हो ६६.६६ प्रतिशतको मत रह्यो । बोडर्स विद्यार्थीहरुको नियमित अनुगमन र सिकाइले पढाइ नबिग्रने ३०.१५ प्रतिशतको धारणा पाइयो । कुनै उत्तर नदिने ३.१७ प्रतिशतको मौनतालाई विश्लेषण नगरी त्यसै छाड्ने हो भने ९६. ८२ प्रतिशतले होस्टलको बसाइबाट पढ्ने विद्यार्थीले उपयुक्त शैक्षिक वातावरण र अवसर पाएको देखाए । यसले राम्रो व्यवस्थापन, रेखदेख र संरक्षकत्व उपलब्ध भएमा विद्यालयहरुमा आवासीय पद्धति धेरै उपयोगी र सकारात्मक नतिजाको कारण हुने देखाउँछ ।

जिज्ञासा ४ मा :

होस्टल बसाइका राम्रा राम्रा पक्ष भएझैँ नराम्रा पक्षहरु पनि हुन सक्छन् । त्यस्ता नरामा्र पक्षहरु के के हुन् भनी केलाउँदा बालमानसिकता अत्यन्त पिडा र तनावमा रहेको देखिन्छ । उनीहरु भन्छन् – आफ्नै अभिभावकहरुबाट यी हाम्रा बच्चा नराम्रा बानी व्यहोराका छन् । यिनलाई सुधार्नु पर्छ । यिनीहरु सामान्य खालका बच्चा होइनन् । घरव्यवहारदेखि अनुशासन टुटेका र अनियन्त्रित भएको विद्यालयमा पुगेका गलत सूचना र व्यवहार नै बच्चाहरुको लागि सबभन्दा पिडादायी हुने गरेको ४२.८५ प्रतिशतको  भोगाइ पाइयो । विद्यार्थीका वैयक्तिक समस्याहरु नबुझ्ने र कठोर बारबन्देज मात्र लगाउने घटनाबाट पिडित २८.५७ प्रतिशतको गुनासो रह्यो । यस्ता आवासीय विद्यालयमा राम्रा र नराम्रा सबै किसिमका सङ्गत प्राप्त हुन सक्ने सशश्म्भावना भएकाले उचित नियमन र व्यवस्थापनको खाँचो देखिन्छ । यो विषयतिर सञ्चालकहरुको ध्यान नगएमा बच्चाहरु बिग्रने डरको त्रास रहिरहन्छ १२.६९ प्रतिशत र १५.८७ प्रतिशतको मौनताले होस्टल सञ्चालकहरु धेरै चनाखो हुनुपर्ने देखाउँछ । बच्चाहरुका लागि घरायसी वातावरण निर्माणमा ध्यान पु¥याएर गुणात्मक सुधार तथा चनाखो हुन अति आवश्यक देखाएको छ । त्यही अनुरुप व्यवस्थापनको काम गर्न घच्घचाएको छ । व्यवस्थापक र सञ्चालकहरुको सानो लापर्वाहीले तनाव र निराशाबीच बोडर्स गरिएका बच्चाहरुबाट जे पनि अनिष्ट काम हुन सक्ने र नतिजा दुःखद निस्कन सक्छ अध्ययनले निचोड दिएको छ ।

जिज्ञासा ५ मा :

शिक्षण सिकाइ र बालबालिकाको उज्ज्वल भविष्यार्थ स्थापित आवासीय केन्द्रहरु आकर्षक सुरक्षित र मनोरम हुनुले विद्यार्थीहरु तनाव र पिडाबाट मुक्त हुन सक्छन् ९८.४२ प्रतिशतको धारणालाई विद्यालय सञ्चालकहरुले अनिवार्य रुपमा ध्यान दिनु पर्दछ । बालमैत्री पढाइ , खेलकुद र मनोरञ्जन , खाना व्यवस्थापन गर्दा विद्यार्थी सहभागिता खोजिनु पर्दछ । प्रयोगशालामूलक सिकाइ तथा श्रव्यदृश्यको उचित व्यवस्थापन होस्टलमा अनिवार्य हुनु पर्दछ । समग्रमा शिक्षण सिकाइ बालमैत्री र व्यावहारिक हुनु पर्दछ । जुनसुकै कारणबाट बोडर्स बसेका बच्चाहरुलाई घरपरिवार र आफन्तजनको अभाव हुन दिनु हुँदैन । बच्चाहरुको वैयक्तिक सिर्जना र प्रतिभा प्रस्फुटनलाई सहयोग पुराउने शैक्षिक, भौतिक र अतिरिक्त क्रियाकलापलाई सञ्चालन गर्न सहज हुने वातावरणले युक्त आवासीय विद्यालय हुनु पर्दछ  ।

जिज्ञासा ६ मा :

प्रायः आवासीय विद्यालयहरु विद्यार्थीहरुलाई उच्च दवावमा राख्छन् ९६.८२ प्रतिशत मत रह्यो । यी तरिकाको आवास सुविधा तथा शिक्षण सिकाइ बालमैत्री विपरीतका हुन् मनोविश्लेषकहरुको भनाइ पाइन्छ । यस्ता व्यवहारले सिकाइ थलोलाई मनोरम नबनाई जेलखाना बनाइ दिन्छ । यसर्थ व्यवस्थापक र सञ्चालकहरुले दवाव, धम्की र नियन्त्रणका साटो माया, सहभागिता र मनोभावना बुझेर बच्चाहरुको क्षमता विकासमा जोड गर्नुु पर्दछ । जुनसुकै कारण र परिस्थितिमा होस्टल बसेको भएपनि बच्चाहरुलाई अनुचित दवाव र अपमान हुने व्यवहार नगर्न बच्चाहरुको सुझाव  पाइन्छ ।

जिज्ञासा ७ मा :

होस्टल बसेका धेरैजसो बच्चाहरु पारिवारिक ममता, नातापाताको स्नेह र साथीसंगातीको न्यानो मायाको चाह्ना राख्छन् । तर उनीहरुलाई दवाव दिन ती सबैबाट अलग्याएर उसका नकारात्मक पक्षसित जोडी व्यवस्थापक र सञ्चालकहरुले नियमित धम्काउने, अविश्वास गर्ने तथा दण्डात्मक विधिको प्रयोगबाट नियन्त्रण लिने प्रयास गर्दा बच्चामा आमाबाबु, परिवारजन र समुदायप्रति नै घृणा, आक्रोश र विद्रोह जन्मिन सक्छ । यस्तो अवस्था आउनु कदापि राम्रो होइन र सुधारका नाममा बच्चालाई दिइने निरन्तरको तनाव र दवावले त्यस्ता आवासीय विद्यालयहरुको समेत शाख गिराउँछ । यस व्यवहारले किशोरावस्थाका बालबालिकाहरुमा अझ धेरै उकुसमुकुस र विद्रोहभावको सिर्जना गराउँदछ र उचित निकास नपाएमा कालान्तरमा अझ निराशा र तनाव बढाई आत्महत्या वा अपराधमा सरिक बनाउन सहयोगी वातावरण दिन्छ । माथि जिज्ञासा ७ को अध्ययनको धारणाले ९२.०६ प्रतिशतले सकारात्मक पाटोलाई प्रयोग गर र नकारात्मक पक्षलाई न्यूनीकृत गर्दै जाऊ भन्न खोजेको देखिन्छ । छात्राहरुमा उमेरको वृद्धिप्रति सम्वेदनशीलता हुन्छ र नारी अस्मिता र सुरक्षाप्रति सचेतताको भाव लुकेको हुन्छ । तर कहिलेकाहीँ व्यवस्थापकीय त्रुटीले वा लापर्वाहीले गर्दा असुरक्षित हुन नपरोस् भन्ने सन्देशको मनोविज्ञानलाई सञ्चालकहरुले गम्भीरतापूर्वक लिनु पर्ने अध्ययनले देखाएको छ ।

जिज्ञासा ८ मा :

बौद्धिक क्षमता विकासमा ३३.३३३ प्रतिशतले जोड गरेको देखाउँछ । होस्टलको व्यवस्थापनले के के कुरामा फाइदा पुग्छ भन्ने कुरामा जानकार नभएको र मौनता साँधेको २८.५७ प्रतिशतले देखाउँछ । यो समूहका बच्चाहरुमा वर्तमानप्रति कुनै किसिमको उत्साह र भावी जीवनप्रति चिन्ता नै छैन भन्ने देखाउँछ । शारीरिक स्वस्थता, स्फूर्ति,बाह्य पक्षको विकास र सामाजिकीकरणलाई विद्यालयका आवासहरुले प्रशस्त जोड गरेका भएपनि प्रयासहरु पर्याप्त छैनन् अध्ययनले देखाउँछ ।

जिज्ञासा ९ मा :

प्रायः धेरै जसो विद्यार्थीहरुको रोजाइ आवासीय विद्यालयका होस्टलभन्दा दिवा विद्यालयहरुकै डे बोडर्स वा सेमी बोडर्स हुन् । तापनि आ–आफ्नो परिस्थितिले गर्दा वा विविध कारणले बच्चाहरु होस्टलमा बसिरहेका छन् । यसर्थ आवासीय विद्यालयका व्यवस्थापक र सञ्चालकहरुले आमा बाबुको स्नेहयुक्त वातावरण र खानामा सुधार गर्न सक्नुपर्छ । आफ्नो मौलिक स्वतन्त्रतालाई परतन्त्रतामा रुपान्तरण गरेर बाँच्न परेको नकारात्मक मानसिक छाप बोकिरहेका ९६.८२ प्रतिशत विद्यार्थीहरु देखाउँछ । यसर्थ यस्तो दवावयुक्त वातावरण हटाई प्रगतिको बाटो खोल्न होस्टल सञ्चालकहरुका साथमा अभिभावक तथा बोडर्स बस्ने विद्यार्थीका बीच त्रिकोणात्मक छलफल , सहमति र साझा उद्देश्य तय गरिनु नितान्त आवश्यक देखिन्छ । होस्टल व्यापार व्यवसायमुखी कम र सेवासुविधा र मानवतावादमुखी बढी भएमा होस्टलहरु जेलखाना नभई मनोरञ्जनपूर्ण सिकाइ थलो हुने अध्ययनले देखाएको छ ।

जिज्ञासा १० मा :    

आवासीय विद्यालयका बारेमा बच्चाहरुलाई राम्रो जानकारी नदिइएको र बच्चाहरुलाई अभिभावककै जोडबलमा बोडर्स राख्ने गरिएको ९०.४७ को भनाइ पाइन्छ । तापनि ठूलो संख्यामा बच्चाहरु प्रत्येक वर्ष बोडर्स बस्न आइरहेका देखिन्छन् । यसरी विद्यार्थीहरु कसरी आवासीय बोडर्स हुन आइपुग्दछन् भन्ने  जिज्ञासालाई माथि उल्लेख भएको उत्तरले स्पष्ट गर्दछ । सहभागीमध्ये ९.५२ प्रतिशतले मात्र आफूले बोडर्सको सेवासुविधाबारे जानेर र आफ्ना अभिभावकसंग उक्त अवसरको माग गरेर आवासीय विद्यालयमा बस्न आएको सकारात्मक अवस्था देखाए ।  तर ९०.४७ प्रतिशत विद्यार्थी अभिभावक र आफन्तको करकाप तथा निर्णयमा बोडर्स बस्न बाध्य भएकोले तनावमा रहेको देखाउँछ । यसर्थ आवासीय विद्यालय सञ्चालन , व्यवस्थापन र सेवासुविधा तथा जवाफदेहिता आदि विषयमा पारदर्शिताका साथै विद्यार्थी अभिभावक शिक्षा पनि आवश्यक देखिन्छ ।

जिज्ञासा ११ मा :

जुनसुकै अवस्था वा बाध्यताले भएपनि विद्यार्थीका रुपमा होस्टल बस्नै प¥यो । अनिच्छुक भएपनि होस्टलमा बस्न ल्याइएका बालकमा सकारात्मक चाहना जगाउन र होस्टल बसाइलाई लोभलाग्दो बनाएर सकारात्मक सन्देश बाहिरी समुदायमा पु¥याउन अनुभवी विद्यार्थीहरुबाटै माथिका धारणाहरु व्यक्त भएका हुन् । विविध रुचि, क्षमता र आवश्यकता भएका बालबालिकाहरुले मनोरञ्जन, खेलकुद, प्रतिभा प्रस्फुटन, स्वतन्त्र क्षमताको अभिवृद्धि, विज्ञान–प्रविधि, सञ्चारक्षेत्रको प्रयोग गर्न पाउनु पर्दछ । समाजमा हुने सांस्कृतिक झलकको  विकास र परम्परागत मूल्य मान्यताको संरक्षणमा सहकार्यको अवसर उपलब्ध गराएर बच्चाहरुलाई घरपरिवारको वातावरण दिन सक्नु पर्दछ । समग्रमा यस किसिमको व्यवस्थापनले आवासीय विद्यालयहरुप्रति अभिभावकहरुका साथमा विद्यार्थीहरु पनि बढी सकारात्मक र विश्वस्त हुने देखिन्छ ।

जिज्ञासा १२ मा :

प्राप्त उत्तरले प्रायः जसो आवासीय विद्यालयमा विद्यार्थीहरु आफै माग गरी बस्न आउनुभन्दा पनि अभिभावकहरुका लागि बसिदिएको ६३.४९ प्रतिशत देखाउँछ । सहभागी विद्यार्थीमध्ये ७४.६० प्रतिशत विद्यार्थीको मनोदशा बोडर्स बस्नुपर्दा खुशीभन्दा पनि तनावमा रहेको देखिन्छ । आफ्नो माग होस् वा अभिभावकको चाह्ना होस् २५.३९ प्रतिशतले चाहिँ आवासीय सुविधालाई आफ्नो हितमा गरिएको निर्णयका रुपमा सकारात्मक सन्तुष्टिको अर्थमा लिएको अध्ययनले देखाउँछ ।

अध्ययनका प्राप्ति, सिमा, सिकाइ तथा रायसुझावहरु :

माथि जिज्ञासा १ देखि १२ सम्मका प्राप्त उत्तरका आधारमा समग्र विद्यालय शिक्षाको आवासीय पद्धति , तिनमा उपलब्ध सेवा सुविधाको विषय र औल्याइएका पक्षमा पूर्ण रुपमा एक किसिमको निचोडमा पुग्नु र यही नै ठीक भनी हाल्नु वेज्ञानिक नहोला । अध्ययनमा आएका यी भनाइहरु वास्तविकता नजिक छन् वा टाढा छन् ? यसैलाई आधार बनाएर हाम्रा सबै आवासीय विद्यालयहरु यस्तै छन् भनी अनुमान गर्न पनि सकिन्छ वा सकिँदैन ? त्यो छुट्टै बहसको विषय हुन सक्छ । यस्ता विषयको अध्ययनमा पूर्णता हासिल गर्न टुङ्गोमा पुग्नका लागि कुनै विद्यालयमा बस्ने सम्पूर्ण विद्यार्थी तथा त्यस्तै ८ / १० ओटा विद्यालयका सबै आवासीय विद्यार्थीका आवास सम्बन्धी धारणा अध्ययन गर्नुका साथै ती विद्यार्थी बस्ने होस्टलका दुईचार दिनका क्रियाकलाप, गतिविधि, खानपिन अवस्थाको पनि अध्ययन गरिनु बढी वैज्ञानिक हुनसक्छ । त्यसरी नै व्यवस्थापक, सञ्चालकहरुका विचार र गरिने व्यवहार, उनीहरुका धारणा, अभिभावक दृष्टिकोण सबैलाई समेटेर प्रस्तुत गर्न सक्ने हो भने अध्ययनको विश्वसनीयता अझ बढ्ने देखिन्छ । त्यो बाटोमा यो अध्ययनलाई पु¥याउन सकेको भए अझ प्रभावकारी र वस्तुनिष्ठ हुँदो हो । निजी विद्यालयहरुका सबलता र दुर्बलताहरुबारे नेपालको शैक्षिक व्यवस्थापन : सङ्गति, विसङ्गति पुस्तकमा लेखकबाट प्रशस्त चर्चा गरिएको छ । तापनि प्रत्यक्ष रुपमा त्यस अध्ययनमा आवासीय सुविधाका पक्षलाई समेटेर प्रस्तुत हुन नसकेकाले लघु प्रयासमा साकार रुप दिइएको छ ।

यसर्थ अध्ययनमा बाध्यतावश जो, जसलाई  भेटियो, त्यसैको विचार र भनाइलाई आधारित गरी लेख तयार भएको छ । तसर्थ सानो अध्ययनमा लेखबाट धेरै अपेक्षा गर्नु र प्रमाण र विश्लेषणको साङ्गो पाङ्गो पक्षको आशा गरिनु न्यायोचित नहुन पनि सक्छ । किनकी यस अध्ययनका आधार वा सम्पर्कमा आएका र चयनमा परेका बच्चाहरुमध्ये धेरै आवासीय बसाइ सुविधालाई मन नपार्नेहरु पनि त हुन सक्छन् । तसर्थ आवासीय विद्यालय र सेवासुविधा सम्बन्धमा यथार्थपरक तथ्यमा पुग्न अनुसन्धानको ढाँचा निर्माण गरी निश्चित आवासीय विद्यालयका समग्र विद्यार्थीहरु र सरोकारवालाहरुको समेत अध्ययन गर्नु पर्दछ । वि. स. २०६९ सालको माघ फाल्गुणमा कास्कीको लुम्ले क्षेत्रको कुनै आवासीय एउटा विद्यालयका आवासीय विद्यार्थीहरुको विद्यालय सञ्चालक र व्यवस्थापकहरुप्रति फैलिएको आक्रोश, विद्रोह, पिडादायी रोदन र खुलासा भएका घृणित खालका अपराधजन्य गुनासाजन्य तथ्यहरुले राज्य, सरकार र शैक्षिक प्रशासनको क्षेत्रलाई पक्कै छोएको हुनु पर्दछ । यसैले आवासीय क्षेत्रका सेवा सुविधा र अवस्थाहरुका बारेमा गहन अध्ययन अनुसन्धान गरी पारदर्शी तथा सुरक्षित वातावरणको सञ्चालन तथा व्यवस्थापनको सुनिश्चितता कानुनले निर्धारण गर्नु पर्दछ भन्ने कुरामा दुई मत नहोला ।

सन्तानलाई आवासीय विद्यालयमा राखेर पढाउने, राम्रो बनाउने सोच धेरै अभिभावकले बनाएका हुन्छन्  तर त्यसो गर्दा छोराछोरीको मनोविज्ञान बुझिरह्नु अभिभावकले आवश्यक ठान्दैनन् । यहीनिर अभिभावक चुक्न पुगेको अनुभूति हुन्छ । बच्चा पटक्कै अभिभावकको उल्टो चालमा चलिदिन्छ । यस्तो दवावले चाह्नानुरुप शैक्षिक प्रगति पनि गर्दैन । बच्चा आफू अनुकूल चलिदिन्छ र आरोप लगाउँछ चकचके भयो भनी नियन्त्रण गर्न होस्टलमा राखिएको र नियन्त्रित भएपछि खुशी हुनुस् र अनुशासनको प्रगतिमा सन्तुष्ट हुनुहोस् । तर पढाइको अपेक्षा नगर्नु होला भनी उल्टो अभिभावकलाई चेतावनी पनि दिन सक्छ ।

अभिभावकका लागि होस्टल बसिदिएको र पढिदिएको अनुभव गर्ने अधिकाँश बच्चाहरु साँच्चै पढाइमा प्रगति गरी सकारात्मक नतिजा दिई लोभलाग्दो उत्साह थप्न सक्दैनन् ।  सानै देखि वा कक्षा  ८ वा  ९ देखि धेरै जसो अभिभावकहरुले आवासीय विद्यालयमा बच्चा राखेर पढाउने गर्दछन् तर बाध्य भएर होस्टलमा बसी पढ्नेले कतिपय सन्दर्भमा प्रवेशिका परीक्षा उत्तीर्ण हुँदा पनि खुशी हुनुपर्ने हुनसक्छ । अभिभावको आर्थिक लगानी अनुरुप बालबालिकाको पढाइप्रतिको अनिच्छा र सामान्य श्रम नगर्दाको स्थितिले अभिभावकमा दिक्कदारी बढाउने मात्र होइन मानसिक तनाव बढाइदिन्छ र बच्चालाई झम्टिन थाल्दछ ।  यसले बालकहरु बढी तनावमा पर्दछन् र बाटो बिराउन बेर लाग्दैनन् । यसर्थ बालरुचि र पूर्व तयारीको वातावरण विना बच्चाबाट ठूलो अपेक्षा गर्नु र दवावै दवावमा बच्चालाई राख्नू भावी जीवनका लागि अभिभावकको गम्भीर भूल हँुदो रहेछ धेरै अभिभावकको पछुतो सुनिन्छ । शिक्षाका सिकाइ सिद्धान्त र बालमनोविज्ञान तथा मनोसामाजिक विषयको चर्चा गर्ने शिक्षाकर्मीहरु समेतबाट यस्ता गलतबाटोमा हिडेर आफ्ना सन्तानलाई बिगारिरहेछन् । यद्यपि परिपक्कवता, जीवनको सफलता र अग्रसरताको लागि आफूलाई समर्पित गर्दै अगाडि बढेर अभिभावकलाई विश्वास दिलाउँन ती बच्चाहरु  अहोरात्र लागि परेको पनि देख्न पाइन्छ ।

भोगाइ जन्य अनुभूतिमा आवासीय विद्यालयमा बस्ने विद्यार्थीहरुका भनाइमा धेरै सत्यता पाउन सकिन्छ । शायद् होस्टल मन पर्दैन भन्ने छोराछोरीको आग्रहलाई बुझकी अभिभावकका रुपमा धेरैले बेलैमा सुनिदिएको भए तिनले अभिभावकका प्रत्येक चाह्ना र कथनलाई स्वीकारेर अगाडि बढ्न सक्थे । समाजले सम्मान गर्ने , धनसम्पत्तिले पुरिने शिक्षा पढन सक्ने जग तयार भएर ती राम्रै विषयको उच्च क्षमताको विद्यार्थी गनिन्थे भन्ने यर्थाथतामा अभिभावकहरुले आफ्ना बच्चाका लागि रुचि जगाएर मात्र आवासीय विद्यालयहरु चयन गरौँ र भर्ना गरौँ । आफ्ना चाह्ना र अहम्भावका लागि मात्र होइन । धेरैको अनुभव छ छोराछोरीका कुरा सुन्न, सहमतिमा ल्याएर काम गर्न थाले पछि व्यावहारिक कार्यक्षमता ,पठनपाठन र सामाजिक गतिविधिप्रति धेरैबाट प्रशंसाका स्यावासी बर्षिनु अभिभावकका लागि गर्वयुक्त विषय हो । यसर्थ बालरुचिको ख्याल गरौ । बच्चाको नाममा अभिभावकको निर्णयलाई सर्वस्वीकृत नबनाऔ भन्ने निचोड नै यस अध्ययनको प्राप्ति, विश्लेषणात्मक सिकाइ तथा भोलिका लागि राय सुझाव हुन् ।

निष्कर्ष :

गुणस्तरीय शिक्षा जनताको चाह्ना हो ।  अभिभावक जागरण विना कुनै पनि विषयमा गुणात्मक नतिजा प्राप्त गर्न सकिँदैन । शिक्षाका अनेकौँ आयाम छन् ती विषयमा बहस चलाई भावी नागरिकलाई अनावश्यक तनाव, असक्षमता र जीवन बर्बाद हुनबाट जोगाउनु राज्यको आवश्यक कर्तव्य हुने देखिन्छ । यसर्थ आवासीय विद्यालयको विषयलाई गम्भीर रुपमा लिई सरकारले अध्ययन अनुसन्धान गरी उचित मार्ग दर्शन गर्न सक्नु पर्दछ ।

यस अध्ययनमा प्राप्त तथ्यका आधारमा आवासीय बसाइ व्यवस्था समयको माग हो । सकेसम्म स साना बालबालिकाहरुलाई गुणस्तरीय शिक्षाका नाममा घरपरिवारबाट टाढा पु¥याउने चलनलाई निरुत्साहित गर्नु पर्दछ । बच्चाले बुझ्न सक्ने आवश्यकता महसुस गर्ने, आवासीय विद्यालयका विशेषता र प्राप्त नतिजासित घुलमिल हुने अवस्था सिर्जना गर्नु पर्दछ । आवासीय विद्यालयहरुले आवश्यक पूर्वाधार पूरा गरी सुविधासम्पन्न वातावरणमा सञ्चालक,अभिभावक, विद्यार्थीसमेतको त्रिकोणात्मक छलफलबाट नियमनकारी पदाधिकारीका रोहबरमा बच्चा भर्ना गर्ने कानुन मुलुकमा खाँचो भएको छ ।

अभिभावकको उच्च चाह्नाले मात्र बच्चाको भविष्य बनाउँदैन , उचित वातावरण, रेखदेख र निरन्तर सुधारमा सरोकारवाला व्यक्तिको सहभागिता माग गर्दछ । आजभोलि शहरी क्षेत्रमा छात्र तथा छात्राहरुलाई केन्द्रित गरी छात्रावास भनी घरघरमा साइनबोर्ड झुण्डाएर दूरदराज तथा जिल्लाबाट आउने किशोरकिशोरीहरुलाई आकर्षित गरी सुविधा पु¥याएर व्यवसाय चलाउने गरेको पनि पाइन्छ । कतिपय अवस्थामा यस्ता छात्रावासहरु समाज विरोधी , अपराधी र विकृतिका अखडा बन्नसमेत सहयोगी रहेका दुखद समाचार पनि यदाकदा बाहिर आइरहेका छन् । यसर्थ किशोरावस्थाका बालबालिकाहरु प्राप्त सेवासुविधा उपभोगका नाममा जीवन बर्बादको बाटोमा अग्रसर नहुन् भन्ने अपेक्षा गर्दै छात्रावास सम्बन्धी कानुनी व्यवस्था र स्पष्ट निर्देशिकाहरु राज्यतहबाट अविलम्ब जारी गर्नु पर्दछ ।

अस्तु :

नोट : २०६६ देखि २०६९ का अवधिमा काठमाण्डौँ उपत्यका ३ जिल्लाका विद्यालयहरु ६, सुनसरी १, काभ्रेपलाञ्चोक १, रुपन्देही ३, कपिलवस्तु २, गुल्मी ३, नेपालगञ्ज १, कैलाली २ गरी जम्मा १० जिल्लाका २० ओटा विद्यालयका ३४ छात्र र २९ छात्रा तथा समाजमा पुगी गरेको अध्ययन तर विद्यालयको नामावली प्रकाशन गर्न उचित नदेखिएकाले गोप्य राखिएको ।

लेखक क्षेत्रीय शिक्षा निर्देशनालय पोखराका उपनिर्देशक हुन्

[email protected]

प्रतिक्रिया