Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

शिक्षाका कर्मचारी संघीय ढाँचामै

सोमबार, २१ चैत्र २०७३

काठमाडौं २१ चैत/प्रशासनिक अदालतका अध्यक्ष काशीराज दाहालले शिक्षा मन्त्रालयअन्तर्गतका सबै कर्मचारी संघीय संरचनाअनुसार समायोजन गर्न प्रस्ताव गरिएको बताएका छन् । ‘शिक्षा मन्त्रालयअन्तर्गतका कर्मचारी संघ, प्रदेश र स्थानीय गरी तीन तहमा समायोजन हुनुपर्छ,’ समायोजन विधिसम्बन्धी विधेयक खाकामा उक्त प्रस्ताव गरिएको उल्लेख गर्दै दाहालले भने, ‘निश्चित मापदण्डका आधारमा समायोजन गरिनेछ ।’ उक्त विधेयक मन्त्रिपरिषद्मा पुगेको उनले जानकारी दिए ।

दाहालले आइतबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा नेपाल शिक्षा प्राविधिक संघले आयोजना गरेको ‘संघीयतामा शिक्षा क्षेत्रको पुन:संरचना तथा जनशक्ति व्यवस्थापन’ विषयक अन्तक्र्रियामा उक्त विचार व्यक्त गरेका हुन् । ‘संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीलाई विद्यमान व्यवस्थाजस्तै सरुवा अथवा समायोजनमा बाटो खुला हुनुपर्ने प्रस्ताव गरिएको छ,’ उनले भने ।
स्थानीय निकाय सीमा निर्धारण आयोगका पूर्वअध्यक्ष बालानन्द पौडेलले कर्मचारी व्यवस्थापन तत्कालका निम्तिमात्र समस्या पर्ने बताए । ‘जनशक्ति व्यवस्थापन अस्थायी समस्या हुन्,’ कर्मचारीलाई आश्वस्त तुल्याउँदै भने, ‘कुनै कर्मचारीको तह घटुवा हुने छैन । सेवा, सर्त, सुविधा घट्ने र हट्ने छैन ।’ शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा सेवामा १ हजार ४ सय ७० कर्मचारी छन् । उनीहरूलाई समायोजन गरिँदा समस्या आउने भन्दै कर्मचारीले आवाज उठाएका छन् । निमित्त शिक्षा सचिव सूर्यप्रसाद गौतमले सम्मानित ढंगले कर्मचारी समायोजन हुनुपर्नेमा जोडदिए । ‘कर्मचारी समायोजन हुन तयार छ,’ उनले भने, ‘तर सम्मानित ढंगले मात्र समायोजन हुनुपर्छ ।’
शिक्षामन्त्री धनीराम पौडेलले कर्मचारी समायोजन विधि स्पष्ट नहुँदा अन्योल भएको बताए ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया