Edukhabar
विहीबार, ०३ असोज २०८१
विचार / विमर्श

जाँगर भए स्कूल भवन चाहिँदैन

सोमबार, १८ जेठ २०७२

- डा. मनप्रसाद वाग्ले / सिन्धुपाल्चोक, बार्पाक, रसुवा, दोलखा जस्ता भूकम्पबाट अति प्रभावित क्षेत्रमा सामुहिक शिक्षणको बिकल्प के?

शिक्षा मन्त्रालयको निर्देशन अनुसार हिजोदेखि बिद्यालय खोलिएका छन् तर यी क्षेत्रका धेरैजसो स्थानमा भवन मात्र हैन अस्थाई कक्षाकोठा बनाउने ठाउँ पनि छैन/ बाटो अस्त व्यस्त छ, माटो र ढुंगा हटाउन सकिएको छैन, भूकम्प पछि कतिपय बिद्यालयको अभिलेख नै अद्यावधिक हुन सकेको छैन/ यस्तो स्थितिमा बालबालिकाहरुलाई शैक्षिक सहयोग गर्न :

१. सदरमुकामका नभत्केका पक्कि घरहरु कक्षाका लागि प्रयोगमा ल्याउन सकिन्छ ; त्यस्तो अवस्था नरहेमा सुरक्षित स्थानमा अस्थाई कक्षाकोठा बनाउन सकिन्छ; सरकारी सद्धे भवनहरु बिहान कक्षा चलाएर दिउँसो कार्यालय संचालन गर्न सकिन्छ

२. अस्थाई बसोबासको व्यवस्था नजिकै पार्ने गरी मिलाउन सकिन्छ

३. जिल्लामा रहेका शिक्षितहरुले पालो मिलाएर आफुले पढाउन सक्ने बिषय पढाइदिने काम गर्न सकिन्छ

४. एउटा मेगा कक्षाकोठा बनाउने (चीनले महाभूकम्प पछि प्रयोग गरे जस्तै) र त्यसमा इन्टरनेट सहित कम्पुटर प्रबिधिको उपयोग गर्न सकिन्छ , मेगा कक्षाकोठाहरुमा टेलिभिजन बाटै शिक्षण गर्न सकिन्छ, मेगा कक्षाकोठा भित्रको प्रबिधि प्रयोग गरी काठमाडौँबाटै स्काइप प्रयोग गरी शिक्षण गर्न सकिन्छ

५. अहिलेको विपद व्यवस्थापनका लागि एउटै बिद्यालय पालो पालो गरेर सिफ्टमा संचालन गर्न सकिन्छ अथवा हप्ताको ३, ३ दिन पालो गरेर समय बढाई पढाउन सकिन्छ

६. थोरै बिद्यार्थी भएका नजिकैका विद्यालयहरुका बिद्यार्थीहरु एउटै ठाउँमा मिसाएर पढाउन सकिन्छ

७. दाताहरु संग समन्वय गरी ठुला कक्षाका बिद्यार्थीहरुलाई ल्यापटप मार्फत आफैं पढ्ने व्यवस्था मिलाउन सकिन्छ र नबुझेका कुराहरु र प्रयोगात्मक कुराहरु हप्ताको एक वा दुइ दिन मात्र बोलाएर सिकाउन सकिन्छ

८. व्यावसायिक रुपमा ट्युसन संचालन गर्नेहरुबाट केही समयका लागि आफ्ना सेन्टरहरुमा निसुल्क: सहयोग गर्न सकिन्छ

९. शिक्षा मन्त्रालयबाटै बिभिन्न एफएम प्रयोग गरी कक्षा शिक्षण शुरु गर्न सकिन्छ

१०. खाँचो अठोटको हो, इच्छा भए र जाँगर भए स्कूल भवन नबनुन्जेल पक्क परेर बसिरहनु पर्दैन

- वाग्लेको फेसबुकबाट

 

प्रतिक्रिया