Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

निर्वाचन आयोगमा पाँच हजार शिक्षकको नामनामेसी

शुक्रबार, १८ चैत्र २०७३

काठमाडौं १८ चैत/स्थानीय तह निर्वाचनका लागि काठमाडौं र ललितपुर जिल्लामा पाँच हजारभन्दा बढी शिक्षकको नामनामेसी जिशिकाले निर्वाचन आयोगमा पठाएको छ ।
काठमाडौंका जिशिअ जयप्रसाद आचार्यले काठमाडौंका दुईहजारभन्दा बढी शिक्षकको नामनामेसी निर्वाचन आयोगमा पठाइएको जानकारी दिए । आयोगले पहिले संख्या र पछि नामनामेसी मागेको थियो ।
त्यसैगरी ललितपुरका जिशिअ दिलनाथ पुरीले सामुदायिक विद्यालयमा कार्यरत एकहजार नौ सय ५० शिक्षकको नाम निर्वाचन आयोगको क्षेत्रीय कार्यालयमा पठाएको बताए ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।

 

प्रतिक्रिया