Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

राजनीतिक दलनिकट शिक्षक संगठनहरूको दबाबमा विद्यालय समायोजन भएन

शुक्रबार, १८ चैत्र २०७३

काठमाडौं १८ चैत/राजनीतिक दलनिकट शिक्षक संगठनहरूको दबाबमा जिशिकाले शिक्षा विभागको निर्देशन अटेर गरेको छ । विभागले न्यून विद्यार्थी भएका विद्यालयको तह घटाउन र एकीकरण गर्नुपर्नेको नाम सिफारिस गर्न निर्देशन दिएको थियो ।

जिशिकाले न्यून विद्यार्थी भएका विद्यालयहरूको तथ्यांक संकलन गरिसकेको छ । यति हुँदा पनि तहमिलान र समायोजनका लागि सिफारिस भने गरेको छैन । जिल्लाका विभिन्न विद्यालयले भरेको तथ्यांक फारामअनुसार न्यून विद्यार्थी भएर तहमिलान गर्नुपर्ने २ मावि, ५ निमावि तथा समायोजन गर्नुपर्ने १७ प्रावि छन् । शिक्षा नियमावलीअनुसार सामुदायिक विद्यालयको प्रत्येक कक्षामा विद्यार्थी संख्या १–३, ६–८, ९–१० र १०– १२ कक्षामा ३०/३० र १–५ मा ३५ र भविष्यमा संख्या पुग्ने पर्याप्त आधार नदेखिए समायोजन गर्नुपर्ने व्यवस्था छ । जिशिअ दिलनाथ पुरीले राजनीतिक दलको दबाब नरहेको बताए । ‘कार्यव्यस्तताले सिफारिस गर्न ढिलाइ भएको हो,’ उनले भने, ‘यो साताभित्र बैठक बसी टुंगो लगाइनेछ ।’
कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया