काठमाडौ १८ चैत/ सर्लाही बबरगञ्ज ५ को सार्वजनिक प्राथमिक विद्यालको कक्षा ५ मा जम्मा दुई विद्यार्थी छन्, अनिता कुमारी र सुशीला कुमारी । उनीहरु विद्यालयमा गयल भएको महिनौं भइसक्यो । दुबैजना अर्कै विद्यालयमा पढ्छन् र पनि हाजिर सार्वजनिक विद्यालयमा हुन्छ ।
त्यस्तै कक्षा ४ मा तीन जना, कक्षा ३ मा ६ जना, कक्षा २ मा ८ जना र कक्षा १ मा १३ जना गरी जम्मा ३० जना विद्यार्थीको नाम दर्ता भए पनि चारपाँचजना मात्रै विद्यालयमा आउँछन् ।
प्रअ देवनारयाण सिँह सँधै विद्यालय आउँछन् त प्ढ्ने विद्यार्थी नहुँदा समय काटेर घर फर्किन्छन् । शिक्षिका सुशीला सिँह दिनचर्या पनि उस्तै छ, समय काट्ने र घर फर्किने ।
आएका दुईचार विद्यार्थीलाई खेल्ने छुट दिएर खाजा समयमै घर फर्किन्छिन्, शिक्षक, शिक्षिका ।
विद्यालयका कार्यालय सहयोगी मनोज राय त कहिल्यै देखा पर्देनन् । विद्यालयका शिक्षकको एउटै काम छ हाजिरी गर्ने ।
धूलाम्ये कक्षाकोठा, भत्किएका ढोका र बालुवा र ढुंगाले पुरिएको शौचालय, प्रयोगविहीन पानीकल अन्य जीर्ण भौतिक संरचनाले विद्यालयको बेहाल देखाउँछ ।
विद्यालयको अवस्थाबारे जिशिकालाई जानकारी गराए पनि सकारात्मक पहल नभएका प्रअ सिँहको गुनासो छ ।
नागरिकमा सन्तोष सिँहले लेखेको खबर ।
प्रतिक्रिया