Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

१० कक्षामा नयाँ पाठयक्रम

मंगलबार, १५ चैत्र २०७३

भक्तपुर– शैक्षिक सत्र २०७४ मा कक्षा १० मा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले आगामी बैशाखबाट कक्षा १० मा नयाँ पाठ्यक्रम लागू गर्ने जनाएको हो ।
कक्षा १० को अनिवार्य ६ वटै विषयको पाठ्यक्रम परिवर्तन भएको जानकारी दिँदै केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले २०७४ बाट कार्यान्वयनमा आउने बताए । केन्द्रले कक्षा १० का अनिवार्य विषयहरू नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको पाठ्यक्रम परिवर्तन गरेर छपाइको लागि जनक शिक्षा सामग्री केन्द्रलाई दिइसकेको जनाएको छ । कार्यकारी प्रमुख काप्रीले प्रत्येक १० वर्षमा पाठ्यक्रममा सामान्य संशोधन तथा परिमार्जन गर्ने प्रचलनअनुसार योपटक कक्षा १०को पाठ्यक्रम संसोधन भएको जनाउँदै परिवर्तित पाठ्यक्रममा परिवर्तिन वस्तुस्थिति अनुसारका विषयहरु समेटिएका छन् ।

 

प्रतिक्रिया