Edukhabar
शुक्रबार, ०४ असोज २०८१
विचार / विमर्श

थेसिस लेख्ने तरिकाको १३ औं भाग

शुक्रबार, २९ जेठ २०७२

- डा. मनप्रसाद वाग्ले /

Lesson 13: Positivism and Post-positivism

भूकम्पका कारण रोकिएको हाम्रो अनुसन्धानात्मक यात्रा पुन: शुरू गरौं । गएका १२ वटा (यस अघिका भागका लागि यहाँ क्लिक गर्नुहोस् ) पाठहरुबाट हामीले research proposal कसरी तयार गर्ने भन्ने बारे संख्यात्मक (quantitative) र गुणात्मक (qualitative) दुबैथरी अनुसन्धानका बारेमा छलफल गर्यों । आजबाट हामी तीनै दुइथरी अनुसन्धानका गहन बिषयबष्तु भित्र प्रवेश गर्ने प्रयास गर्नेछों ।

तपाईंको अनुसन्धानले के कुराको खोजी गर्छ भन्ने कुरा तपाईले कुन सत्य अंगीकार गर्नु हुन्छ (Ontology) भन्ने कुरासंग प्रत्यक्ष सरोकार राख्दछ । खासगरी प्राकृतिक बिज्ञानलाई आधार बनाएर गरिने अनुसन्धानहरु नामले बैज्ञानिक अनुसन्धान हुन र यिनले बाहिर खोजी गरी सत्य पत्ता लगाउने कोशिस गर्छन । सामाजिक बिज्ञानमा आधारित अनुसन्धानहरु दुई किसिमले मोडिएका हुन्छन् । पहिलो उही बैज्ञानिक तरिका तर शास्वत सत्य नभई सत्यको नजिक पुग्ने प्रयास हो भने दोस्रो चाहीं सत्य परिस्थितिपरक हुन्छ र एउटा सत्य सबैको लागि कहिले पनि प्राप्त गर्न सकिंदैन भन्ने बिश्वास ।

१. Positivism: सत्य भन्ने कुरा हाम्रो काबू बहिरको कुरा हो, यो यही समाजमा अवस्थित छ र त्यों शास्वत सत्य हो । बैज्ञानिक पद्धतिद्वारा उकत सत्य जस्ताको तस्तै पत्ता लगाऊन सकिन्छ/ यस्तो सत्य बस्तुगत हुन्छ र यसलाई अनुसन्धानकर्ताको बिषयगत बिचारले फरक पार्देन । अनुसन्धानका प्राय: सबै जसो क्रियाकलाप सदियौं देखि यही मूल बिचारमा आधारित छ र आज पनि हामी यसैलाई आधार बनाएर संख्यात्मक अनुसन्धान गरिरहेछौं अनि आफुले sample छनौट गरेको population मा त्यसलाई सामान्यीकरण गरिरहेछौं ।

२. Post-positivism: यो positivism भन्दा केही फरक तर अनुसन्धान बिधि करिब करिब उस्तै देखिने अनुसन्धान हो । फरक के हो भने यस्तो प्रकृतिको अनुसन्धानले सत्यको करिब पुग्न सकिने तर बाहिरी संसारमै बस्तुगत सत्य छ भन्ने कुरामा भने पूर्ण बिश्वास गर्दैन । यसले दुइवटा प्रमुख कुरामा आफ्नो ध्यान लगाऊंछ । पहिलो कुरा त के हो भने तपाईले गर्ने ब्याख्या तपाईंले अवलोकन गर्नु भएको वा संकलन गर्नु भएको तथ्य भित्रै अन्तर्निहित (grounded) हुन्छ र दोस्रो कुरा तथ्यांक संकलन प्रक्रिया पारदर्शी र ब्यवस्थित हुनुपर्दछ ।

मुख्य कुरा त के हो भने अनुसन्धान प्रश्न बनाउंदा वा त्यसलाई कार्यान्वयन गर्दा वा तथ्यांक संकलन गर्दा वा कुनै बस्तुस्थिति अवलोकन गर्दा वा त्यसको ब्याख्या गर्दा ती कुराहरु अनुसन्धानकर्ताको प्रभाव भन्दा बाहिर राखन कठिन हुन्छ । त्यसैले सत्य भन्ने कुरा कुनै न कुनै रुपमा बिषयगत हुन पुग्दछ । अहिले बढ़ी मात्रामा प्रचलित गुणात्मक अनुसन्धानहरु यो कोटी भित्र पर्दछन । त्यसैले Post-positivism ले आफ्ना research findings लाई evidence-based realities मात्र मान्दछ न कि positivism ले जस्तो absolute truth ।

वाग्लेको फेसबुकबाट

प्रतिक्रिया