काठमाडौं १० चैत/जिल्लाका आधा दर्जन शिक्षकहरुले विगत १८ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । शिक्षा सदन आधारभूत विद्यालयका राहत दरबन्दीका शिक्षक केदार मैनालीले २०७२ साउन १ गतेदेखि २०७३ फागुन महिनासम्मको तलब नपाएको गुनासो गरेका हुन् । विगत लामो समयदेखि सोही विद्यालयमा कार्यरत शिक्षक मैनालीले आफुहरु दोहोरो मारमा परेको समेत बताए ।
‘शिक्षा विभागको आदेशअनुसार शिक्षा कार्यालयले २०७२ साल साउन १ गतेदेखि लागु हुने गरी अवकाश गरिएका शिक्षकहरु सर्वाेच्च अदालतबाट पुनः बहालीका लागि आदेश गरिएको थियो ।’ उनले भने ‘अदालतको आदेश अनुसार शिक्षा कार्यालयले गत पुस २६ गते विद्यालयमा सेवा निरन्तरताको पत्र दिएर पठाएको थियो त्यही मिति देखि विद्यालयमा हाजिर गरेर सेवा दिएतापनि हालसम्म तलब पाएका छैनन् ।’
त्यस्तै रोशी गाउँपालिकामा पर्ने साविकको गाविस शिखरअम्बोटे लक्ष्मी नारायण माविका शिक्षक जगदिश यादवले पनि १८ महिनाको तलब नपाएको बताए ।
नयाँ पत्रिकामा प्रकाशित खबर।
प्रतिक्रिया