Edukhabar
सोमबार, १० मंसिर २०८१
विचार / विमर्श

शिक्षाबारे तीन कविता

शनिबार, ३० जेठ २०७२

दार्जिलिंगमा रहेर नेपाली भाषामा शक्तिशाली कविता लेखिहेको कविको नाम हो लेखनाथ क्षेत्री । कवि मनोज बोगटीका शब्दमा क्षेत्रीका कविता पारम्परिक नियम, दर्शन र सिद्धान्तहरुको प्रतिरोधमा उठेका आवाज हुन् । यस पटक हामीले उनै कवि क्षेत्रीले शिक्षाबारे लेखेका तीन कविता केटाकेटी, हत्केलामा अक्षर र डिग्रीको ङ्गोटो  प्रस्तुत गरेका छौं । यी कविता हामीले उनको नया र दोस्रो कविताकृति 'अक्षर अनप्लग्ड'बाट लिएका हौँ । कविता अर्का कवि मजोज बोगटीले उपलब्ध गराइदिएका हुन् ।

केटाकेटी

केटाकेटीलाई नदेखाउनू कुनै मन्दिरको ढोका
अथवा नभन्नू कि त्यहीँ बस्छ ईश्वर।

ताकि उनीहरूले
आङ्गै ईश्वर हुनुको विश्वास नहराइपठाउन्‌।

केटाकेटीलाई नपढ़ाउनू इतिहास।

ताकि इतिहास पढ्दापढ्दै
उनीहरूले लेख्न नबिर्सिउन्‌ आफ्नो वत्तर्र्मान।

नभन्नु कोही थियो
गान्धी
हिटलर
अथवा कोही।

ताकि उनीहरू आङ्गै केही हुन
अनावश्यक सम्झिउन्‌।

जब नबुझिने अक्षर लेख्छन्‌ केटाकेटी
तब केही नभन्नू।

ताकि उनीहरूले खोजुन्‌ आफ्नै भाषा
बनाउन्‌ आफ्नै व्याकरण
जो तमाम बहसहरूदेखि टाढ़ा होस्‌।

जब सादा कागजमा बनाउँछन्‌ केटाकेटी अमूर्त तस्वीर
जब बनाउँछन्‌ आराको धारजस्तो पहाड़
जब घस्छन्‌ पानीमा गुलाबी रङ
अथवा बनाउँछन्‌ घरभन्दा ठूलाठूला मान्छे,
तब सिकिरहेका हुन्छन्‌ उनीहरू
कि एउटा सिधा रेखा
एउटा सिङ्‌गो रङ
अथवा कुनै निश्चित आकार हुँदैन जीवन।

स्कूलको घण्टी बजेपछि
जब बेधड़क घरतिर कुद्छन्‌ केटाकेटी
उनीहरूलाई नलगाउनू थप्पड़।

आफ्नै घुँड़ामा लागेको चोटले सिकुन्‌ बरू उनीहरू
कि हतार हतार कुद्नु होइन
हिॐड़ेर कहीँ पुग्नु हो जीवन।

केटाकेटीलाई नबोकाउनू भारी पुस्तक
नघोकाउनू कलिलो मस्तिष्कलाई कुनै गम्भीर सिद्धान्त
अथवा नसिकाउनू जबरजस्ती घटबड़ गुणाभागका जटिल हिसाब।

अझ धेरै समय छ
केटाकेटी नै त छन्‌ केटाकेटी
केटाकेटी नै हुन दिनू।

 
हत्केलामा अक्षर

सत्ते पासाङ!
ठोट्‌नेको डॉंक्ला चाप्दै धुलो खेल्ने
तिम्रा केटाकेटीको मैला हातमा
केही अक्षर चैँ हुनैपर्छ

तिम्रो दुःख भुलाउने
हुनुपर्छ केही अक्षर
जसले तिनीहरूको ओठको कलेटीभित्र
लुकेर बसेका
निःशर्त हॉंसोको ङ्गोहोरा लेख्न सकोस्‌।

केही यस्तो अक्षर हुनुपर्छ पासाङ
जसले
तिम्रा केटाकेटीको नाङ्‌गो छातीभित्र लुकेको
विवादरहित मनको ङ्गराकिलोपन लेख्न सकोस्‌।
केही त अक्षर हुनैपर्छ
तिम्रा केटाकेटीसँग
किनभने अक्षर भएपछि तिम्रो कथा लेखिन्छ।

तिम्रो कथाबाट
तिमीपछि आउने सन्तानले केही सिक्नेछन्‌

खिरिलो मालिङ्‌गोको बिटा बोकेर
तिमी हिँड़ेकै उकालो ओह्रालो
तिनीहरूलाई हिँड़िरहनुपर्ने छैन

तिमी ठोक्किएकै ठाउँ
उनीहरूलाई ठोक्किनपर्ने छैन।

या त
तिमीजस्तै रेडियोमा मायालाग्दो गीत सुन्दै
डोको बुनेर
उमेर काट्‌नुपर्ने छैन।

यसैले पासाङ
ठोट्‌नेको डॉंक्ला चाप्दै
धुलो खेलिरहेका ती केटाकेटीहरूको मैला हातमा
केही अक्षर त हुनैपर्छ


डिग्रीको ङ्गोटो

कलेजको ग्यालेरीमा झुण्डिराखेको छ
हामीले डिग्री लिएको सालको ङ्गोटो

त्यो ङ्गोटोमा
अब्बल सङ्‌ख्या लिएर पास हुने
मधुमिता च्याटर्जीभन्दा उज्यालो देखिन्छ
पॉंच वर्ष लाएर पहिलो ग्रेजुएट हुने
किसान गाउँको
हर्कमानको छोरा थर्कमान।
अनुहारहरूभित्र
धेरैजसो अनुहार
आङ्गूलाई खोलेर हॉंस्न सकेका छैनन्‌

तर ङ्गोटोमा
सबैभन्दा बोल्ड मुस्कान
शमशेर गुरूङको हो
जसको बाबु अहिले एक कुशल राजनीतिज्ञ छन्‌।

...

त्यो ङ्गोटोमा
मलाई कसैले नखोज्नुहोला।

हुनसक्छ
त्यो ङ्गोटो लिने दिन
म बिरामी बाउलाई जँचाउन
अस्पताल लिएर गएको थिएँ

या हुनसक्छ
भुइँचालो पीड़ितहरूको सूचीमा
आफ्नो भत्किएको घरको नाम दर्ता गराउन
सरकारी कार्यालयको ढोका ढुक्दाढुक्दै बितेको थियो

नभए हुनसक्छ
डिग्रीको ङ्गोटो लिनलाई
मसँग भनेजस्तो कपड़ा थिएन।

ग्यालेरीको ङ्गोटोमा
मलाई खोजेर नभेट्‌नेहरूले
म त्यहॉं नहुनुको कथा
के कहिले थाहा पाउँलान्‌ ?

 

प्रतिक्रिया