Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

मुखैले लेखेर ‘एसईई’

मंगलबार, ०८ चैत्र २०७३

काठमाडौं ८ चैत/ रत्ननगर १६ स्थित खैरेटीका भरत गुरुङका हातखुट्टा चल्दैनन् । उनी हातले जसोतसो डटपेनसम्म समात्न सक्छन् । लुगा लगाउन र शौचालय जान पनि अरूकै सहारा लिनुपर्छ । अपांगता भए पनि उनले हिम्मत हारेका छैनन् । आफ्नै साहसले पढ्न सुरु गरे । उनी अहिले एसईई परीक्षा दिँदै छन् ।
उनी परीक्षामा मुखले कलम च्यापेर लेख्ने गर्छन् । उनको केन्द्र रत्ननगर १४ स्थित पिठुवाको जनजागृति मावि हो । आमा चन्द्रमाया उनलाई परीक्षा केन्द्रसम्म पुर्‍याउँछिन् । घरभन्दा करिब ४ किलोमिटर टाढा केन्द्र भएकाले पुर्‍याउन र लिन चन्द्रमाया आफैं पुग्छिन् । उनलाई विद्यालयको कार्यालय कक्षमै परीक्षा दिने व्यवस्था मिलाइएको छ । ‘उनको साहस ठूलो छ,’ केन्द्रका केन्द्राध्यक्ष विनोदप्रसाद अधिकारीले भने, ‘मुखले लेखेरै परीक्षा दिइरहेका छन् ।’

कान्तिपुरमा प्रकाशित खबर ।
 

प्रतिक्रिया