भूकम्प पश्चातको यस स्थितिमा बालबालिका र अभिभावकलाई भूकम्पको बारेमा, स्वास्थ्य तथा सरसफाई, मनोसामाजिक सहयोग दिनुका साथसाथै विद्यालय सुरक्षित रहेको वा पूर्वतयारी भएको कुरामा सूचित गर्नु अति आवश्यक छ । विशेषतः भूकम्प पछिको अवस्थामा अभिभावकलाई आप्mना बालबालिकाहरू विद्यालयमा सुरक्षित रहेको अनुभूति भएमा उनीहरू निर्धक्क साथ अन्य कार्यमा लाग्न सक्छन् ।
त्यसैले बालबालिकाहरू शारीरिक तथा मानसिक रूपमा सुरक्षित रहने विद्यालय सुरक्षा योजना बनाउनु पर्दछ । विद्यालय सुरक्षा योजना बनाउँदा सकेसम्म शिक्षक, अभिभावक, बालबालिका सबैको सहभागिता हुने गरि बनाउनु पर्दछ । यसले गर्दा बालबालिका तथा अभिभावकहरुमा भूकम्प लगायतका विपद्का बारेमा पनि जान्न पाउँछन् । अपनत्व बढ्छ । त्यसैले शिक्षकहरूले पूर्वतयारी पश्चात विद्यालय खुलेको पहिलो दोस्रो दिनमा नै बालबालिका तथा अभिभावकको संलग्नतामा यो योजना बनाउनु पर्दछ । योजना बनिसकेपछि सबैले देख्ने गरि चित्र वा बुँदागत रूपमा प्रस्तुत गरेर सबैले देख्ने ठाँउमा सजाउनु पर्दछ ।
जोखिम मापन
सबैको सहभागितामा विद्यालयमा आइपर्न सक्ने जोखिम बारे छलफल गर्नुहोस् । सबै मिली विद्यालय वरिपरि निम्न कुराको जाँच गर्नुहोस् । (यसमा निम्न लिखित सामाजिक नक्सा सहयोगी हुन सक्छ ।)
- बाढीको सम्भावना
- पहिरो
- ठुलो रुखहरू
- ढुङ्गा खस्न सक्ने ठाउँ
- बिजुलीको खम्बा र टावर
- सिमाना पर्खालको अवस्था
- विद्यालयमा आवत् जावत् गर्ने बाटोको अवस्था
- विद्यालय भवनको अवस्था (चर्काइको अवस्था, भ्mयाल ढोका, फर्निचर, शौचालय)
- प्रत्येक कक्षा भित्र सुरक्षित तथा असुरक्षित स्थानको पहिचान
- छिमेकीको भवनको अन्तर्निहित कमजोरी
- खुल्ला ठाउँसम्मको दूरी
- मनोसामाजिक समस्या
- अन्य स्थानीय परिवेश अनुसार थप्ने
पूर्व तयारी
- जोखिम पहिचान पछि विद्यार्थी सबैलाई विपद्को अवस्थामा के गर्ने हो सिकाउनुहोस् । उदाहरणको लागि, भूकम्पको बेलामा कक्षा वा कोठा भित्र भएमा कुनै बलियो वस्तुमा (डेस्क, टेबल आदि) समातेर टाउको बचाउनु पर्दछ । बाहिर भए आपूmलाई क्षति पुरयाउन सक्ने वस्तुको ख्याल राख्दै खुला ठाँउमा बस्नु पर्दछ ।
- खतराजन्य स्थानमा अस्थायी सिकाइ केन्द्र तथा विद्यालय सञ्चालन गर्नु हुँदैन र तुरुन्तै स्थानान्तरण गर्नु पर्दछ ।
- सामाजिक नक्साको प्रयोग गरी संकटकालीन योजना तयार पार्नुपर्दछ । जसमा विपद् पछि विद्यार्थी तथा अभिभावक भेला हुने सुरक्षित स्थान तोक्नु पर्दछ ।
- नियमित रूपमा विपद्को बेलामा के गर्ने हो, अभ्यास गर्नुपर्दछ ।
- विपद्को बेला र सो पछि कसले के गर्ने पहिले नै तोकी विद्यालयमा सबैले देख्ने गरी राख्नुपर्दछ ।
उदाहरणको लागिः
काम
प्राथमिक उपचार, साना विद्यार्थीहरूको संरक्षण सम्बन्धित
अभिभावक सम्पर्क अस्पताल, प्रहरी, प्रशासनसँग सम्पर्क
जिम्मेवारी
स्वास्थ्य शिक्षकको नेतृत्वमा अन्य शिक्षक, कक्षा शिक्षक र कक्षा दशका विद्यार्थीहरू
प्रशासनिक कर्मचारीहरू, शिक्षिकाहरू
प्रधानाध्यापक, सहप्रधानाध्यापक
- विपद् पछिको अवस्था मनोसामाजिक समस्याबाट भैmझगडा, हिंसा (यौनजन्य समेत) हुन सक्दछन् । त्यसैले उजुरीको (जस्तै उजुरी बाकस, शिक्षक तोक्ने आदि) व्यवस्था तथा उजुरी परेमा के गर्ने बारे छलफल गर्नुपर्दछ ।
सामाजिक नक्सा (सुरक्षित र असुक्षित स्थानको पहिचान)
गर्न सकिने : १२ वर्ष भन्दा माथि
अनुमानित समय : ९० मिनेट
उद्देश्य :
यो क्रियाकलापको अन्तमा :
१) कारणसहित आप्mनो विद्यालय वरिपरिका सुरक्षित तथा असुरक्षित स्थानहरूको पहिचान गर्न सक्नेछन् ।
२) प्राकृतिक प्रकोपबाट हुने विपद् तथा यसका जोखिम बारेमा बताउन सक्नेछन् ।
३) प्राकृतिक प्रकोपबाट सुरक्षित हुने उपायहरूका बारेमा बताउन सक्नेछन् ।
पाठ्यक्रमसँग सम्वन्धित सिकाइ उपलव्धिहरूः यस क्रियाकलापले पाठ्यक्रमका निम्नानुसारका सिकाइ उपलव्धिहरू विद्यार्थीमा हासिल गराउन सहयोेग पु¥याउने देखिन्छ ।
- जलवायु परिवर्तनका तत्त्वहरू उल्लेख गरी भूकम्प र हावाहुरीबाट बच्ने तरिका अवलम्बन गर्र्न (कक्षा ८ सामाजिक)
- भौगोलिक विविधताबाट जनजीवनमा पर्ने असर बताउन (कक्षा ९ सामाजिक)
- भूकम्पको परिचय दिन, यसको असर र सुरक्षाका उपायहरू अवलम्बन गर्न (कक्षा १० सामाजिक)
आवश्यक सामग्री : न्युजप्रिन्ट, मार्कर वा कापी र सिसाकलम (स्थानीय स्तरमा उपलब्ध हुने ससाना पात, ईटा, ढुङ्गा वा काठका टुक्राहरू)
क्रियाकलापहरू :
१) विद्यार्थीलाई चार समूहमा विभाजन गर्ने ।
२) प्रत्येक समूहलाई न्युजप्रिन्ट, मार्कर वा कापी र सिसाकलम दिने । आवश्यकता अनुसार स्थानीय स्तरमा उपलब्ध पात, ईटा, ढुङ्गा वा काठका टुक्राहरूपनि दिने ।
३) सबै समूहलाई आफ्नो विद्यालय वरिपरिको नक्सा बनाउन लगाउने । नक्सामा सामुदायिक तथा सरकारी भवन, (जस्तैः स्कुल, अस्पताल, बैङ्क, प्रहरी चौकी आदि) गाउँ वा टोल बस्ती, बाटो, जङ्गल, पहाड, समथर जमिन, नदीनाला, पानीका धारा, पोखरी, ट्युबवेल पाटीपौवा, चोक, धार्मिक स्थल, मुल सडक तथा गोरेटो बाटो आदि चित्रण गर्न लगाउने । (यो क्रियाकलाप आफ्नो समुदायको नक्सा बनाउन पनि प्रयोग गर्न सकिन्छ ।)
४) सहभागीहरूले विद्यालय वरिपरिको चित्र तयार गरिसकेपछि चित्रमा तलका क्षेत्रहरू तल उल्लेख गर्ने जस्तैः विभिन्न रङ वा वस्तुद्वारा अङ्कित गर्न लगाउने । यदि विभिन्न रङका मार्कर, साइनपेन वा पेन्सिल नपाइएमा स्थानीय स्तरमा उपलब्ध सामग्रीहरू (जस्तै ः ढुङ्गा, माटो, पात आदि) को प्रयोग गर्न सकिन्छ ।
(क) बाढी, पहिरो, आदिबाट सम्भावित जोखिम क्षेत्रहरूलाई रातो रङ लगाउने वा ढुङ्गाले सङ्केत गर्ने । भूकम्पले क्षति पुगेको क्षेत्र भएमा, जोखिमजन्य क्षेत्रहरूलाई (जस्तै, भत्किन लागेका घर, चिरा परेका जमीन आदि) रातो रङ लगाउने वा ढुङ्गाले सङ्केत गर्ने ।
(ख) प्रकोप हँुदा यसबाट जोगिन सकिने सुरक्षित स्थानहरूमा हरियो रङ लगाउने वा हरियो पातले सङ्केत गर्ने ।
(ग) विपद्मा सम्भाव्य सहयोग गर्ने सङ्घसंस्थाहरूलाई निलो रङ लगाउने वा सिन्काले सङ्केत गर्ने ।
५) चित्र बनाइसकेपछि सबै सहभागीलाई आ—आफ्नो ठाउँमा बस्न लगाउने र चित्रलाई सबैले देख्ने ठाउँमा टाँसी तलका प्रश्नहरू सोध्ने । स्थानीय परिवेश अनुसार अन्य प्राकृतिक प्रकोपमा पनि छलफल चलाउन सकिन्छ ।
(क) यदि भूकम्प, बाढी पहिरो आएमा विद्यालय, निजी घरहरू र खेतीबाली के हुन सक्छ ?
(ख) भूकम्प, बाढी पहिरो आएको बेलामा कुन कुन स्थानमा गएमा सुरक्षित हुन सकिन्छ ?
(ग) भूकम्प, बाढी पहिरो जस्ता अन्य प्राकृतिक प्रकोपहरूबाट के के हुन सक्दछन् ?
नमुना चित्रः सामाजिक नक्सा
मूल्याङ्कन
विद्यार्थीले बनाएका नक्सा तथा सुरक्षित असुरक्षित स्थान कतिको उपयुक्त छ जाँच गर्ने र आवश्यक रूपमा पृष्ठपोषण दिने ।
प्राकृतिक प्रकोपको व्यवस्थापन
गर्न सकिने : १२ वर्ष भन्दा माथि
अनुमानित समय : ६० मिनेट
उद्देश्य :
यो क्रियाकलापको अन्तमा प्राकृतिक प्रकोपबाट सुरक्षित हुने उपायहरू बताउन सक्नेछन् ।
आवश्यक सामग्री : ढुङ्गा, सिन्का, न्युजप्रिन्ट पेपर र मार्कर
क्रियाकलापहरू :
१. विद्यार्थीहरूलाई समूह “क”, “ख” र “ग” गरी ३ समूहमा विभाजन गर्ने । समूह “क” का सबै सदस्यलार्ई एउटा–एउटा ढुङ्गा अथवा पेन्सिल जत्रा सिन्का दिने र सबैजनालाई त्यो ढुङ्गा अथवा पेन्सिल जत्रा सिन्कालाई आ–आप्mनो चोर औँला र माझऔँलामाथि राखेर उभिन लगाउने ।
२. समूह “ख” लाई समूह “क” सँग भएका ढुङ्गा अथवा सिन्कालाई झार्न लगाउने । तर समूह “ग” लाई समूह “क” सँग भएका ढुङ्गा अथवा सिन्कालाई समूह “ख” ले झार्न खोज्दा रोक्न लगाउने ।
३. शिक्षकले १, २, ३ भनी खेल सुरु गराउने र खेलका लागि १० मिनेटको समय व्यवस्थापन गर्ने ।
४. ढुङ्गा वा सिन्का झार्ने खेल खेलिसकेपछि सबै सहभागीलाई आ—आफ्नो ठाउँमा बस्न लगाउने र तलका प्रश्नहरू सोध्ने ।
(क) समूह मध्ये कुनचाहिँ समूह कमजोर लाग्यो र किन ?
(ख) समूह “ख” ले समूह “क” सँग भएका वस्तुलाई किन सजिलैसँग झार्न सकेन ?
५. प्रश्नोत्तर पछि सहजकर्ताले समूह “ख” ले समूह “क” सँग भएका वस्तुलाई झार्न खाज्दा समूह “क” ले आफ्नो बचाउ नगरी वा केही नगरी बस्नु भनेको सङ्कटको अवस्थामा हुनु हो, समूह “ख” ले समूह “क” सँग भएका वस्तुलाई भुइँमा झार्नु भनेको समूह “क” का लागि विपद् आउनु हो र समूह “ग” ले समूह “ख” लाई “क” सँग भएका वस्तु झार्न नदिनु भनेको वा रोक्न कोसिस गर्नु भनेको आपूmसँग भएको क्षमता देखाउनु हो भनेर प्रस्ट्याइदिने ।
६. त्यसपछि तिनवटै समूहलाई गोलाप्रथाद्वारा डढेलो, भूकम्प र बाढी÷पहिरो लेखिएका कागजका टुक्राहरू छान्न लगाउने(यी वाहेक स्थानीय परिवेश अनुसार छलफल गर्ने प्राकृतिक प्रकोप छान्न सकिन्छ) र सबै समूहलाई उक्त शीर्षकमा लेखिएका फरकफरक परिस्थिति भएका मेटाकार्डहरू (नभएमा सामान्य कागज) वितरण गर्ने र सोही अनुसार छलफल गरी प्रस्तुति तयार पार्न लगाउने । (छलफलका लागि २० र प्रस्तुतिका लागि ५÷५ मिनेट) ।
डढेलोे समूह : मानौँ कि तपाईँको समुदायमा डढेलोे लागेर विपद् प¥यो । यस्तो विपद्मा तपाईँले गर्न सक्ने कुराहरू के के हुन सक्दछन्, तपाईंलाई सहयोगी हुने सङ्घसंस्था र व्यक्तिहरू को को हुन सक्दछन् र यस्तो विपद्का कारण र असरहरू के के हुन सक्दछन् ?
बाढी/पहिरो समूह : मानौं कि तपाईँको समुदायमा बाढीको विपद् भयो । यस्तो विपद्मा तपाईँले गर्न सक्ने कुराहरू के के हुन सक्दछन्, तपाईँलाई सहयोगी हुने सङ्घसंस्था र व्यक्तिहरू को को हुन सक्दछन् र यस्तो विपद्का कारण र असरहरू के के हुन सक्दछन् ?
भूकम्प समूह : मानौँ कि तपाईँको समुदायमा भूकम्पको विपद् भयो । यस्तो विपद्मा तपाईँले गर्न सक्ने कुराहरू के के हुन सक्दछन्, तपाइलाई सहयोगी हुने सङ्घसंस्था र व्यक्तिहरू को को हुन सक्दछन् र यस्तो विपद्का कारण र असरहरू के के हुन सक्दछन् ?
७. सबै समूहलाई पालैपालो आआफ्नो प्रस्तुतीकरण गर्न लगाउने । सबैको प्रस्तुतीकरण सकिएपछि आ–आफ्नोस्थानमा बस्न लगाउने र तलका प्रश्नहरू सोध्ने :
(क) विभिन्न विपद्हरूले हाम्रो व्यक्तिगत जीवनमा के कस्ता असरहरू निम्त्याउँछन् ?
(ख) विपद्को बेला र उद्धार क्रममा ससाना बालबालिका, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा बुढाबुढीलाई कसरी सुरक्षित गर्न सकिन्छ ?
(ग) विभिन्न विपद् जोखिम तथा यसका रोकथाम तथा न्यूनीकरणमा किशोरकिशोरीको भूमिका के हुन सक्दछ ?
मूल्याङ्कन
छलफलको अन्त्यमा विद्यार्थीहरूलाई कक्षामा सिकेका मुख्यमुख्य कुराहरूमध्ये आउने ७ दिनभित्र गर्न सक्ने कार्यहरूको योजना बनाउन लगाउने ।
साभार : शैक्षिक जनशक्ति विकास केन्द्रले प्रकाशन गरेको विपद् पश्चातको लागि शिक्षण सहयोगी सामग्री भाग १ मनोसामाजिक सहयोगी र सिकाइ तत्परता विद्यालय खुलेको पहिलो तथा दोश्रो हप्ताका लागि क्रियाकलापहरु बाट ।
प्रतिक्रिया