Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

१० लाख बालिकाको जीवन परिवर्तन गर्ने ‘प्लान’ को योजना

सोमबार, ०७ चैत्र २०७३

काठमाडौं ७ चैत/प्लान इन्टरनेसनल नेपालले आगामी पा“च वर्षभित्र आफ्ना कार्यक्रम १० लाख बालिकामाझ पु¥याएर उनीहरूको जीवनमा परिवर्तनका लागि आफूलाई केन्द्रित गर्ने भएको छ ।

८०औं वार्षिकोत्सवको अवसरमा ललितपुरमा आइतबार आयोजित कार्यक्रममा प्लान इन्टरनेसनलले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा आफ्ना कार्यक्रम बालिका र महिलाको नेतृत्व विकासमा कार्यान्वयन गरिने जानकारी गराएको हो । प्लान इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सले दिगो विकास लक्ष्य र नेपाल सरकारको प्राथमिकतामा आधारित भएर बालअधिकार र किशोरीको समानताका लागि आफ्ना पहल र स्रोत साधन परिचालन गर्ने जानकारी दिए ।

प्लान इन्टरनेसनलले आफ्ना कार्यक्रमहरूमार्फत सन् २०१७ देखि २०२२ सम्म बालबालिका संरक्षण र किशोरीको सशक्तीकरणका लागि काम गर्न विश्वव्यापी रणनीतिसमेत तय गरेको छ । विश्वभर गरी १० करोड किशोरीमाझ पुगेर उनीहरूको सिकाइ, नेतृत्व विकास, निर्णय क्षमता र समृद्धि विश्वव्यापी रणनीतिले प्रमुख प्राथमिकता दिएको छ । रणनीतिअनुसार प्लान इन्टरनेसनल नेपालले लिंगका आधारमा हुने हिंसा र विभेद्जन्य तथा हानिकारक प्रचलन अन्त्यका लागि कार्यक्रम केन्द्रित गर्नेछ ।

१२ वैशाख २०७२ को भूकम्पपछि तत्काल राहत र पुनःस्थापनाका लागि सक्रियतापूर्वक काम गरिरहेको प्लान इन्टरनेसनल शिक्षा, आवास, स्वास्थ्य, बालबालिका संरक्षण, खानेपानीलगायत क्षेत्रमा सक्रिय छ ।
राजधानीमा प्रकाशित खबर ।

प्रतिक्रिया