Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

ब्रेल लिपिमा लेख्न पाएनन्

शनिबार, ०५ चैत्र २०७३

काठमाडौं ५ फागुन/ माध्यमिक शिक्षा परीक्षा (एसईई) मा भने दमकडा माविका सबै दृष्टिविहीन विद्यार्थीले ब्रेल लिपिमा लेख्न पाएनन् ।कक्षा, १० सम्म उनीहरूले ब्रेल लिपिमा लेख्ने, पढ्ने गरेका थिए । एसईईमा परीक्षा नियन्त्रण कार्यालयले दृष्टिविहीनका लागि भनेर अलग्गै व्यवस्था नगरेपछि सहयोगीका भरमा देवनागरी लिपिमा परीक्षा दिन बाध्य भएका हुन् । यस वर्ष दमकडा माविबाट ६ जना दृष्टिविहीन विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन् ।
दृष्टिविहीन विद्यार्थीहरू इमबहादुर फाल, कुमारी फाल, बाबुराम कुमाल, लीला पाण्डेय, पार्वता कुमाल, लक्ष्मी पाडेमगरले परीक्षा दिइरहेका छन् । फोक्सिङकोट घर भएका इमबहादुर र कुमारी जुम्ल्याहा हुन् । अरू विषयमा सहयोगीका भरमा परीक्षा दिन सहज भए पनि गणित, विज्ञानका साथै चित्र बनाउनुपर्ने विषयमा भने समस्या भोग्नु परेको गुनासो दृष्टिविहीन विद्यार्थी इमबहादुर फालले गरे । उनले भने, ‘गणित र विज्ञान अन्य विषयजस्तो हुँदैन । यसमा चित्र बनाउन र साध्यका लागि समस्या नै हुन्छ ।’
एसईईमा ब्रेल लिपिमा लेख्न नपाइने परीक्षा नियन्त्रण कार्यालयले राखेको प्रावधानले गर्दा उनीहरूले असहज महसुस गरेको बताएका छन् । ब्रेल लिपिमा लेख्न नपाएपछि कक्षा ८ का सहयोगीका भरमा परीक्षा दिलाउनुपर्ने विद्यालयका प्रअ मोहन सापकोटाले बताए । यस्तै, शारदा मावि केन्द्रबाट हातले लेख्न नसकेपछि दमकडा माविमा अध्ययनरत दीक्षा बस्यालले समेत कक्षा ८ को सहयोगी राखेर परीक्षा दिएकी छन् ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया