Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

आजदेखि एसईई परीक्षा सुरु, ५ लाख ३८ हजार १८२ विद्यार्थी सहभागी

विहीबार, ०३ चैत्र २०७३

काठमाडौं–आजदेखि कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)सुरु भएको छ । आज पहिलो दिन अनिवार्य अंगे्रजी विषयको जाँच बिहान ८ बजेबाट सुरु भएको हो । परीक्षा परीक्षा ११ बजेसम्म चल्नेछ ।
एसईईमा कूल ५ लाख ३८ हजार १८२ विद्यार्थी सहभागी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीका अनुसार परीक्षामा २ लाख ५९ हजार ७३२ छात्र तथा २ लाख ७८ हजार ४५० छात्रा छन् । परीक्षामा देशभरका ९ हजार ८ सय ३४ विद्यालयका नियमिततर्फ ४ लाख ६४ हजार ७४३ तथा प्राविधिक धारतर्फका ३ हजार ६ सय ५७ परीक्षार्थी सम्मिलित रहेको नियन्त्रक रेग्मीको भनाइ छ । परीक्षामा आंशिकतर्फ ५० हजार ८ सय २७ र एक्जाम्टेडतर्फ १८ हजार ९०९ विद्यार्थी रहेका छन् ।

यसवर्ष काठमाडौं जिल्लामा सबभन्दा बढी  ३५ हजार ५१० र सबभन्दा थोरै ६२ जना विद्यार्थी मनाङबाट सहभागी कार्यालयले जानकारी दिएको छ । परीक्षाका लागि देशभर १९ सय २३ परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ । परीक्षााका लागि उपत्यका र तराईका जिल्लामा ३ सय विद्यार्थी बराबर १ केन्द्राध्यक्ष,  त्यसैगरी १५० विद्यार्थी बराबर १ जना सहायक केन्द्राध्यक्ष, २० जना विद्यार्थी बराबर १ निरीक्षक, २० जना परीक्षार्थी बराबर १ कार्यालय सहयोगी तथा प्रति परीक्षाकेन्द्रमा १५ जना सुरक्षाकर्मी खटाइएको छ । बताए ।  आज बिहीबारबाट सुरु भएको परीक्षा १४ गतेसम्म जारी रहने छ ।

फाइल फोटो

प्रतिक्रिया