काठमाडौं ३ चैत/ परीक्षा केन्द्र कायम गरी परीक्षा सञ्चालन गर्न नपाइने भन्दै १५ वटा निजी विद्यालयका सञ्चालकहरुले कक्षा ८ को वार्षिक परीक्षाको प्रश्नपत्र र उत्तरपुस्तिका खोसेर लगेका छन् ।
पाटनढोकास्थित पाटन मावि स्रोतकेन्द्रमा राखिएका प्रश्नपत्र र उत्तरपुस्तिका उनीहरुले खोसेर लग्नुको साथै आफ्नै विद्यालयमा परीक्षा सञ्चालन गरी उत्तरपुुस्तिका समेत आफैंले राखेका छन् ।
निजी विद्यालयहरुले आफ्ना विद्यार्थीहरुबाट परीक्षाका नाममा जथाभावी शल्क उठाएका थिए । परीक्षा केन्द्र आफ्नै विद्यालयमा राख्दा र आफ्नै शक्षकहरुबाट उत्तरपुस्तिका परीक्षण गराउँदा उठाइएको शुल्क आफैंले गुटमुट्याउन पाइने नियतका कारण उनीहरुले सुरुदेखि नै परीक्षा केन्द्र कायम गर्ने कुराप्रति असहमति जनाउँदै आएक थिए । बुधबारबाट सुरु भएको परीक्षाको पहिलो दिन अंग्रेजी विषय सञ्चालन भएको थियो । अपरान्ह साढे १२ बजेबाट परीक्षा हुने भनिएकोमा एकघन्टा अगावै विद्यालय सञ्चालकहरुले प्रश्नपत्र र उत्तरपुस्तिका लिएर गएका थिए । स्रोतव्यक्ति सत्यनारायण महर्जनले आफ्नै विद्यालयमा परीक्षा सञ्चालन गर्न आफूले अनुमति दिन नसक्ने र त्यसका लािग जिशिकाबाट स्वीकृति लिएर ल्याउनुपर्ने बताए ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया