Edukhabar
शुक्रबार, ०४ असोज २०८१
विचार / विमर्श

* एसएलसी नतिजाबारे भक्तपुरका जिशिअको वकपत्र

बुधबार, ०९ असार २०७२

- रमाकान्त शर्मा / गतबर्ष ८४ प्रतिशत ल्याएको भक्तपुरले २०७१ को एस एल सि नतिजामा ८७.७१ प्रतिशत ल्याउन सफल भएको छ । यो नतिजाकोलागि भक्तपुरले गरेका कार्यहरु

- एस एल सि नतिजा लगतै जिल्लाका सवै मा वि प्रअ हरु , शिक्षा विद्हरु, शिक्षा समितिका पदाधिकारीहरु समेतको समिक्षा बैठक राखिएको र ३१ बूँदे प्रतिवद्दता पत्र जारि गरिएको ।

- प्रतिवद्दतामा ८८ प्रतिशत ल्याउने लक्ष निर्धारण गरिएको र शिक्षण सिकाइको समय बृद्दि लगाउतका महत्वपुर्ण कुरामा सहमति भएको

- नतिजा लगतै सवै विद्यालयहरुलाई चार किसिमाका पत्र पठाइएको तथा जिल्लाको नतिजा भन्दा माथि ल्याउनेलाई बधाइ, राष्ट्रिय ‌औषत भन्दा बढि जिल्लाको भन्दा कम ल्याउनेलाई राम्रो गर्दा गर्दै पनि के कारणले जिल्लाको औषत भन्दा कमभयो सरोकारवालासंग छलफल गर्न भनिएको, राष्टको औषत भन्दा पनि कम ल्याउनेलाई किन कम भएको हो स्पस्टिकरण पेश गर्ने र वि व्य स पदाधिकारी, शिक्षक अभिभावकसंघ, शिक्षक र अभिभावक समेत बसेर क कस्ले के के गर्ने हो भुमिका सहितको कार्ययोजना निर्माण गरी कार्यान्ववय गर्ने र जि शि का मा पनि पठाउन भनिएको, १५ प्रतिशत भन्दा कम ल्यउनेलाइ किन कारवाहि नगर्ने भनि स्पस्टिकरण सोधिएको र वि व्य स पदाधिकारी, शिक्षक अभिभावक संघ, शिक्षक र अभिभावक समेत बसेर क कस्ले के के गर्ने हो भुमिका सहितको कार्ययोजना निर्माण गरी कार्यान्ववय गर्ने र जि शि का मा पनि पठाउन भनिएको,

- सून्य नतिजा ल्याउने तीन विद्यालयहरु खारेज नै गरिएको ।

- मा वि प्र अ बैठक गरि विद्यालयले आफ्नो लक्ष निर्णारण गरेको कुरा सार्व जनिक गरिएको

- सामुदायिक विद्यालयका कक्षा १० का विद्यालर्थी संग जिल्ला शिक्षा अधिकारी पुगी सिक्तलाइ प्रेरित गर्ने कक्षा लिइएको तथा परामर्श दिइएको

- शिक्षा दिवसमा विद्यालयले प्राप्त गरेको नतिजाको आधारमा विद्यालयहरुलाई र विषयगत औषत अंकको आधारमा विषय शिक्षकलाई पुरस्कृत गरिएको ।

- कमजोर नतिजा ल्याउने विद्यालयमा जिल्ला शिक्षा अधिकारी समेतको टोली पुगी शिक्षक वि व्य स पदाधिकारी र सरोकारवालाको बैठक राखी नतिजाले देखाएको तथ्यमा व्यापक छलफल गरिएको

- विद्यालय खोल्ने र सञ्चालन गर्ने समय १० देखि ४ सम्म अनिवार्य गरिएको र शुक्रवार पनि ४ बजे सम्म पढाउन अनिबार्य गरिएको

- अनुगमनलाई प्रभावकारी पारिएको , जि शि अ स्वयं कहिले १० बजे त कहिले ३ ४५ मा विलालय मा पुगि अनुगमन गरेको

- विद्यलायको नतिजालाई जि शि अ को कार्य कक्षमा राखी कार्यलयमा आउने विद्यालयका सरोकारवाला तथा शिक्षकसंग त्यस विषयमा छलफल गरिएको

- विद्यालयलाई वितरण गरिने सुविधामा पनि नतिजानलाई आधार लिएको

- परीक्षालाई मर्यादित र व्यवस्थित गर्ने प्रयास गरिएको

- शैक्षिक सुधार गर्ने क्रममा जिल्ला शिक्षा कार्यलय र जि शि अ को बारेमा नकारात्मक टिका टिप्पण पनि गरियो तर राम्रो गर्न चाहने वि व्य स पदाधिकारी प्र अ, शिक्षक र विद्यालयहरुलाई हौसाला भयो, काममा खट्न उर्जा मिल्यो र निरन्तरको प्रयास स्वरुप नतिजामा सुधार भयो । 

* सच्याईएको - सं.

प्रतिक्रिया