Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

‘स्कुल जाउँ पैसा छैन, लेख्ने कापी र पोशाक पनि किन्न सकिन्न’

बुधबार, ०२ चैत्र २०७३

काठमाडौं २ चैत/ढकारी गाउँपालिका ६ अछामका डम्मर नेपालीले विद्यालय छाडेको दुई वर्ष भयो । उनीसँगै सो गाउँका अन्य सात बालबालिका पनि कक्षा ८ को परीक्षापछि विद्यालय गएनन् । पढ्ने रहर हुँदाहुँदै पनि गरिबीका कारण उनीहरुको दैनिकी गिट्टी कुट्नमा बितेको छ।
विद्यालयले लिने परीक्षा शुल्क, भर्ना शुल्क र विशेष कक्षा शुल्क तिर्न नसक्दा बीचैमा पढाइ छोड्नुपरेको मंगलसैन ४ खातिगाउँका शंकर परियारले बताए । विद्यालयमा फिस तिर्नुपर्छ, उनले भने, घुमाउरो शैलीमा विद्यालयले फरक शिर्षकमा भर्ना र परीक्षा ुशल्क लिने गरेको छ ।
शिक्षकलाई तलब खुवाउन र भौतिक संरचना सुधारका लागि भन्दै विद्यार्थीबाटै रकम असुल्ने गरेको उनले बताए ।
निः शुल्क शिक्षा पूर्ण रुपमा कार्यान्वयन हुन नसक्दा आधारभूत तहबाटै विद्यालयहरु रित्तिन थालेको बान्नगढी जयगढ गाउँपालिका २ का दिलबहादुर तिमिल्सिनाले बताए । स्कुल जाउँ पैसा छैन, उनले भने, लेख्ने कापी र पोशाक पनि किन्न सकिन्न । त्यसैले साथीहरुसँगै गिटी कुट्न थालेँ । तिमिल्सिनाकै गाउँका अन्यसातजना बालबाललिका पनि गिट्टी कुटेर गुजारा चलाउँदै आएका छन् ।
अन्य साथीभाइहरु विद्यालय जाँदै गरेको देख्दा सडक छेउमै गिट्टी कुट्न डम्मर, शंकर र दिलबहादुरको मन भने सँधै भारी हुन्छ । तर, गरिबीले गर्दा उनीहरुको इच्छाइच्छामै सीमित रहेको छ ।
शिक्षा कार्यालय अछामका अनुसार २०७० सालमा ३ प्रतिशत बालबालिकाले विद्यालय छोडेको तथ्यांक रहेको दर बढेर करिब ५ प्रतिशत पुग्न लागेको जिशिअ झंकरबहादुर विष्टले बताए ।
राजधानीमा प्रकाशित खबर ।

 

 

प्रतिक्रिया