काठमाडौं - रिटायर्ड शिक्षकलाई उपलब्ध गराईदैं आएको ‘सेवानिवृत्त परिचयपत्र’ हाल सम्म ३ हजार ३ सय २१ पूर्व शिक्षकले प्राप्त गरेका छन् । लामो समय शिक्षण पेशामा रहेर काम गरे पनि निवृत्त भएसँगै परिचय खुल्ने कुनै कागजात साथमा नहुँदा समस्यामा पर्ने शिक्षकलाई लक्षित गरी विद्यालय शिक्षक किताबखानाले गत बर्ष देखि परिचय पत्र वितरण शुरु गरेको थियो ।
जीवनभर देशको सेवा गर्ने तर निवृत्त भएसँगै पहिचान समेत नहुने अवस्थाको अन्त्यका लागि यो काम शुरु गरेको किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले बताए ।
'शिक्षक भएर विभिन्न पेशा, ब्यवसाय र देशको कानून बनाउने ठाउँ सिंहदरवारमा पुग्ने ब्यक्ति उत्पादन गर्ने तर रिटायर्ड भएपछि त्यही सिंहदरवार समेत छिर्न नपाउने ?' ढुङ्गानाले भने, 'हिजो आज कतिपय सरहरु सिंहदरबारमा रहेको शिक्षा मन्त्रालय छिरेँ नी भन्दै सुनाउन आउनु हुन्छ, खुसी लाग्छ ।'
देख्दा सानो काम भएपनि मान्छेको भावनासँग जोडिएकोले यो कामको प्रभाव धेरै ठूलो भएको उनले बताए । रिटायर्ड भएर आआफ्नो घर गाउँमा थन्किएको महशुस गर्ने शिक्षकहरुले यो परिचय पत्रबाट राज्यले पहिचान दिएको अनुभव गरेको उनले बताए ।
किताबखानाको १९ औँ स्थापना दिवसका अवसरमा गत बर्ष चैत २६ गतेबाट परिचयपत्र वितरण कार्य शुरु गरिएको थियो ।
तत्कालिन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सेवानिवृत्त शिक्षक ८१ बर्षीय रोहिणी प्रसाद खनाललाई परिचयपत्र वितरण गरेर उक्त कार्यको सुरुवात गरेका थिए ।
रोहिणी प्रसाद खनालबारे पढ्नुहोस् : पञ्चसँग जुधियो तर, बहुदलले विगार्यो शिक्षकलाई !
किताबखानाले सेवारत झण्डै १ लाख ८ हजार शिक्षकको अभिलेख राखेको छ ।
प्रतिक्रिया