Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

चुनाव लड्न शिक्षकले दिए राजिनामा

सोमबार, ३० फागुन २०७३

काठमाडौं ३० फागुन/१८ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन जिल्लाका चर्चित तीन शिक्षकले राजिनामा दिएका छन् ।
बेलाबेला विद्यालय बन्द गर्दै राजनीतिक वृत्तमा देखा पर्ने जिल्लाका शिक्षकमध्ये तीनजनाले गत १६ फागुनमा जिल्ला शिक्षा कार्यालय कालिकाटमा राजिनामा बुझाएका थिए ।
जिशिकाले राजीनामाका विषयलाई गोप्य राख्न खोजे पनि शिक्षकले नै बिस्तारै कुरा खोल्न थालेका छन् । राजीनामा दिने शिक्षकमध्ये एमाले कमिटी सदस्यसमेत रहेका लालू स्थायी घर भएका विद्यालय स्रोतव्यक्ति धीरबहादुर विष्टले आफू अब शैक्षिक क्षेत्रबाट समाजसेवामा लागेको बताए ।
यता नेपाल कांग्रेसनिकट शिक्षक संघमा आवद्ध मोती माविका प्रअ दानबहादुर बमले पनि राजिनामा दिएका छन् ।
राजधानीमा प्रकाशित खबर ।

 

प्रतिक्रिया