काठमाडौं २९ फागुन / दुईदिने सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचौं राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा कुल १ सय ६ अंक बटुल्दै बालसुधार माध्यमिक विद्यालयले उपाधि जितेको छ । ४५ विद्यालय प्रतिस्पर्धी हुँदा पदकका आधारमा ९६ अंक बटुलेको राजेश्वरी माविले दोस्रो र ७९ अंक बटुलेको श्रीकृष्णा रत्नगंगा माविले तेस्रो स्थान हासिल गरे । शीर्ष तीन स्थानका विजेताले नगद पुरस्कार पाए ।
जिल्ला खेलकुद संघका सचिव अमृतमान श्रेष्ठका अनुसार तीन सयभन्दा बढी खेलाडीले भाग लिएकामा एथलेटिक्सतर्फ कृष्णारत्नगंगा मावि च्याम्पियन थियो । पुरुष तथा महिला फुटबल, तेक्वान्दो, कराँते, उसु, एथलेटिक्समा प्रतिस्पर्धा गराइएको थियो । कृष्णारत्नको जुनियर आर्मी (एनसीसी) को टोलीले विशेष प्रस्तुति दिएको थियो ।
कान्तिपुरमा खबर छ
प्रतिक्रिया