Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

पहिलो सातामै विद्यार्थीले पुस्तक पाउने

आइतबार, २९ फागुन २०७३

काठमाडौं २९ फागुन/यस वर्ष जिल्लाका कक्षा १० सम्मका विद्यार्थीले शैक्षिक सत्र सुरु भएको पहिलो सातामै पुस्तक पाउने भएका छन् ।
विद्यार्थीलाई समयमा पुस्तक उपलब्ध गराउन जिल्ला शिक्षा कार्यालय भोजपुरका तर्फबाट गरिने सबै काम गरिसकेको कार्यालयले जनाएको छ ।
कार्यालयले सम्पूर्ण सामुदायिक विद्यालयलाई पुस्तक खरीदका लागि आवश्यक बजेट निकासा गरिसकेको जनाएको छ । शैक्षिक सत्र सुरु हुन लागेको बेलामा विद्यार्थीलाई पुस्तकको कारण समस्या नहोस् भनेर समयमै बजेट निकासा गरेको कार्यालयले जनाएको छ ।
जिल्लाभरका ३ सय ८६ सामुदायिक विद्यालयको खातामा बजेट निकासा गरेको हो । यस वर्ष कार्यालयले पुस्तक खरीदका लागि १ करोड ३ लाख ८८ हजार ८ सय ९२ रुपैंया विद्यालयको खातामा निकासा गरेको छ ।
राजधानीमा प्रकाशित खबर ।

 

प्रतिक्रिया