Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

विद्यालय नियमित आउँदैनन् विद्यार्थी

आइतबार, २९ फागुन २०७३

काठमाडौं २९ फागुन/चितवनको साविक सिद्धि गाविस ९ स्थित राष्ट्रिय प्रावि छेरवाङमा कूल विद्यार्थी १७० जना छन् । गएको सामेबार उक्त विद्यालयमा जम्मा २९ जना विद्यार्थी उपस्थित थिए । अरु शिक्षक नआएकाले एकलो शिशुकोटाकी शिक्षिका विमला चेपाङ उनीहरुको रेखदेख गर्दै थिइन् ।
 कक्षा १ मा ४२ जनाले भर्ना गरेका छन् । उक्त दिन विद्यार्थी टाउको गन्दा कक्षा १ मा १३ जना थिए ।
कक्षा २ मा २४ मध्ये ३ जना, कक्षा ३ मा १८ मा ३ जना, कक्षा ४ मा ११ जना आउनुपर्नेमा जम्मा ३ जना उपस्थित थिए । कक्षा ५ मा १० जना विद्यार्थीमध्ये ७ जना उपस्थित थिए । अधिकांश् चेपाङ विद्यार्थी रहेको सो विद्यालयमा विद्यालय खाजा कार्यक्रम चलाइएको छ । दालमोठ, चिउरा भुजा दिइन्छ शिक्षिका बिमला चेपाङले भनिन्, अघिपछि ७०÷८० जना आउँथे आज मात्रै कम भएको हो ।
विद्यार्थी मात्रै होइनन् शिक्षक समेत स्कुलमा थिएनन् । बिमला र माया गुरुङ स्कुलमा उपस्थित भएपछि माया आधा दिन नकट्दै काम पर्याे भनेर गएको बिमलाले बताइन् । प्रअ विश्वनाथ तामाङ भरतपुरमा कागज बुझाउनुछ भनेर नआएको र अर्का शिक्षक काशिराम चेपाङसमेत स्कुलमा थिएनन् ।
गोरखापत्रमा प्रकाशित खबर ।

 

प्रतिक्रिया