Edukhabar
शुक्रबार, १८ माघ २०८१
गतिविधि

शिक्षकलाई कालोमोसो दल्नेलाई कारवाहीको माग

विहीबार, २६ फागुन २०७३

काठमाडौं - आफ्नो संगठनका रौतहट अध्यक्ष मणीशंकर निधीलाई दुव्र्यवहार गरिएको घटना प्रति नेपाल राष्ट्रिय शिक्षक संगठनले विरोध जनाउँदै उक्त कार्यमा संलग्न माथि कानून अनुसार कारवाही गर्न माग गरेको छ ।

गत मंगलबार सांझ आफ्नै निजी कामको सिलसिलामा गौर बजारमा रहँदा निधीलाई संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले कालोमोसो दलेका थिए ।

उक्त समूहलाई 'आततायी' बताउँदै संगठनले शारीरिक आक्रमण गरी कालोमोसो दल्ने काम गरेकोमा निन्दा एवम् घोर भत्र्सना गरेको जनाएको छ ।

घटना प्रति आपत्ति जनाउँदै संगठनका महासचिव लक्ष्मण शर्माद्धारा जारी विज्ञप्तिमा  'शिक्षक जस्तो मर्यादित पेशामा रही संगठनको नेतृत्वमा रहेका प्रतिष्ठित नागरिकलाई ज्यादती गर्नेहरुलाई अराजनैतिक जत्था' भनिएको छ । 

प्रतिक्रिया