काठमाडौं २४ फागुन/शिक्षा ऐन संसोधनसँगै विद्यालय तहको संरचना दुई तहमा विभाजन भएको छ । कक्षा १ देखि ८ सम्म आधाभूत तह र कक्षा ९ देखि १२ सम्म माध्यमिक तह । ऐन आउनुअघि उच्च माध्यमिक तह भनेर परिभाषित गएिको कक्षा ११ र १२ लाई पनि संसोधित ऐनमा माध्यमिक तहमा समावेश गरिएको छ ।
तर ऐन संसोधन भएको नौ महिहनाभन्दा बढी भइसक्दा पनि कक्षा १० अध्ययनरत विद्यार्थी र तिनका अभिभावकहरु अलमलमा पर्ने गरेका छन् । १० कक्षा उत्र्तीर्ण भएपछि कक्षा ११ को अध्ययनका लागि विद्यालय परिवर्तन गर्न पाइन्छ कि सोही विद्यालयमा पढ्नुपर्छ ? धेरैको गुनासो यस्तै रहेको छ । विद्यालय तहको संरचना परिवर्तन नुहँदा सम्म कक्षा १० सम्म माध्यमिक र कक्षा ११ र १२ लाई माध्यमिक मानिन्थ्यो । यसले गर्दा विद्यार्थीले सहजै विद्यालय परिवर्तन पढ्न पाउँथे । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्साल अहिले पनि ऐनले विद्यार्थीलाई स्कुल परिवर्तन गर्ने वा सोही स्कुलमा पढ्ने दुबै विकल्प रोज्न दिएको बताउँछन् ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।
प्रतिक्रिया