Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

एसईई परीक्षाका बेला सडक बत्ती समेत अफ गर्न आग्रह, लोडसेडिङ् नगर्ने प्रयास

सोमबार, २३ फागुन २०७३

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई) को अवधिभर मूलूकभर लोडसेडिङ् नगर्ने गरी तयारी गरिरहेको विद्युत प्राधिकरणले जनाएको छ । लोडसेडिङ् नगर्न आफू प्रयासरत रहेको जनाउँदै प्राधिकरणले यसमा सघाउन आम उपभोक्तालाई आग्रह गरेको छ ।

एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले 'आम उपभोक्ताले मितव्ययीरुपमा विद्युतको उपयोग गरेमा उक्त अवधिमा नियमित विद्युत आपूर्ति गर्न सहज हुने देखिएकाले सदा झैं सहयोगको अपेक्षा' गरेको प्राधिकरणले जनाएको छ । चैत ३ गतेबाट हुरु हुने कक्षा १० मा अध्ययनरत विद्यार्थीका लागि लिईने एसईईको अवधिभर लोडसेडिङ् नगर्ने गरी तयारी गरिरहेको विद्युत प्राधिकरणले जनाएको छ । परीक्षालाई दृष्टिगत गर्दै प्राधिकरणले  चैत १ देखि १४ गतेसम्म बेलुका ६ बजेदेख ९ बजेसम्म जेनेरटर चलाएर कम बिजुली खपत गरिदिन होटल ब्यवसायीलाई अनुरोध गरेको छ ।

त्यसैगरी घरायसी उपभोक्तालाई पिक अवारमा धेरै बिजुली खपत हुने आइरन, रुम हिटर, इमर्सन हिटर, इन्डक्सन चुल्हो, पानी तान्ने पम्प, एयर कन्डिसनर, गिजर र वासिङ मेसिन नचलाइदिन प्राधिकरणको अनुरोध छ ।

अन्य बल्वहरुको तुलनामा लिड बल्बको प्रयोग गर्न, आवश्यक नभएको अवस्था र स्थानमा बल्ब लगायत विद्युतीय उपकरणको स्विच अफ गर्न पनि उसले आग्रह गरेको छ । आवश्यक नभएको अवस्थामा सडक बत्ती समेत अफ गरी सहयोग गर्न प्राधिकरणको आग्रह छ । उद्योगहरुले तोकिए अनुसार नै विद्युत प्रयोग गर्न तथा विद्युत चोरी वा चुहावट गरेको जानकारी भएमा सूचना दिएर सहयोग गर्न प्राधिकरणले आग्रह गरेका छ ।

हाल काठमाडौं उपत्यका सहित भरतपुर र पोखरा लोडसेडिङ् मुक्त भईसकेको छ ।

लोडसेडिङ् नगर्ने प्राधिकरणको योजना र कार्यमा आम उपभोक्ताले सघाउँदै आएका छन् ।

विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा हुने गरी ऐनले तोके पनि अन्य ब्यवस्थापकीय कार्य सम्पन्न हुन नसक्दा यो बर्ष राष्ट्रिय परीक्षा बोर्डले नगरी साविकको परीक्षा नियन्त्रण कार्यालयलेनै कक्षा १० को परीक्षा सञ्चालन गर्दै छ ।

परीक्षामा ४ लाख ८३ हजार ६ सय ५२ जना विद्यार्थी सहभागी हुँदै छन् । परीक्षामा २ लाख ३८ हजार २ सय ८९ छात्र र २ लाख ४५ हजार ३ सय ६६ छात्रा सहभागी हुने छन् ।

परीक्षाको तयारी अन्तर्गत जिल्ला जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिका पठाइसकेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया