Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

किताब राख्ने ठाउँ नहुँदा समस्या

शनिबार, २१ फागुन २०७३

काठमाडौं २१ फागुन/भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयमा किताब राख्ने ठाउँ नहुँदा समस्या परेको छ । २०६० असोजमा स्थापित पुस्तकालयमा पुस्तक धेरै र राख्ने ठाउँ थोरै छ । पुस्तकालयमा ४० हजारभन्दा बढी पुस्तक छन् । यसका ५७ संस्थापक सदस्य तथा १ हजार ९ सय २ पाठक छन् । पाठकले सुरुमा १ हजार र वार्षिक २ सय तिरेर सदस्य बन्न पाउँछन् ।

पुस्तकालय समाजको १३औं साधारण सभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा पुस्तकालय अध्यक्ष एवं पूर्वमन्त्री डा. नारायण खड्काले ठाउँ अभावले संघसंस्था र व्यक्तिले दिएको किताब राख्ने ठाउँ नभएको बताए । निम्न वर्गलाई ध्यानमा राखी पुस्तकालय खोलिएको बताउँदै उनले यस्ता पुस्तकालयलाई राज्यले विशेष चासो दिनुपर्ने उल्लेख गरे ।

परराष्ट्रविज्ञ डा. मदन भट्टराईले बौद्धिक वर्गका लागि पुस्तकालय स्थापना भएको बताउँदै राज्यले पुस्तकालयलाई हेर्ने सोच सकारात्मक हुनुपर्नेमा जोड दिए । पूर्वसचिव सुरेशमान श्रेष्ठले सार्वजनिक पुस्तकालय विकासका लागि सबै एकजुट हुनुपर्नेमा  जोड दिए ।

शिक्षा मन्त्रालय पुस्तकालय समन्वय शाखा प्रमुख यादवचन्द्र निरौला, पुस्तकालय समाजका उपाध्यक्ष यांकिला शेर्पा, महासचिव तीर्थराज वन्तलगायतले विश्व नयाँ युगमा प्रवेश गरेसँगै पुस्तकालयको महŒव बढ्दै गएको धारणा राखे ।
राजधानीमा प्रकाशित खबर ।

प्रतिक्रिया