Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

दृष्टिविहीनलाई विद्यालय भवन

शनिबार, २१ फागुन २०७३

काठमाडौं १९ फागुन/ आयरल्याण्डका टर्किंटन परिवारले फिदिमस्थित गढी माविका दृििष्टविहीन विद्यार्थीका लागि भवन निर्माण गरिदिएका छन् । भूकम्पले भवन भत्काइदिएपछि दृष्टिविहीनले पठनपाठनमा असुविधा भोगिरहेको थाहा पाएपछि टर्किंटन परिवारले नयाँ बनाइदिएका हुन् ।
उनीहरुले ८० लाख रुपैंया आर्थिक सहयोगमा १० कोठाको दुई तले पक्की भूकम्प प्रतिरोधी भवन बनाइदिएको हो । टर्कि)टन परिवारले परिवारका सदस्य स्वर्गीय साबिह निल टर्किंटनको स्मरणमा भवन बनाइदिएका हुन् ।
बेलायती गोर्खा सेनामा नेपालीसँग कार्यरत रहँदा साहिबको कलिलो उमेरमै निधन भएको बताइएको छ । साहिबका बहिनी क्याथ्री टर्किंटनले निर्मित भवन विद्यालय परिवारलाई हालै हस्तान्तरण गरेकी छन् ।
गोरखापत्रमा प्रकाशित खबर ।

 

प्रतिक्रिया