Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

११ को परीक्षा असार १ गते देखि, १२ को यथावत

शुक्रबार, २० फागुन २०७३

काठमाडौं - कक्षा ११ को परीक्षा २०७४ असार १ गते देखि सञ्चालन हुने भएको छ । शुक्रबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको परीक्षा सञ्चालक समितिको बैठकले परीक्षाको नयाँ मिति तय गरेको हो । परीक्षा ११ गते सम्म सञ्चालन हुने गरी नयाँ तालिका सार्वजनिक भएको नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । कक्षा १२ को परीक्षा भने पहिले तोकिएको मितिमै सम्पन्न गर्ने निर्णय भएको उनले बताए ।

कक्षा १२ को परीक्षा निर्वाचन अघि अर्थात् बैशाख २२ गते नै सकिने गरी बोर्डले यस अघिनै तालिका सार्वजनिक गरिसकेको थियो । यस अघि बैशाख २४ गते देखि जेठ ३ गते सम्मका लागि तय भएको कक्षा ११ को परीक्षा निर्वाचनको समयमै परेपछि सार्न परेको हो ।

बोर्डका केही कर्मचारीले निर्वाचनको बहानामा कक्षा १२ को परीक्षा समेत सार्ने र दुवै कक्षाको प्रश्नपत्र भारतमा लगेर छाप्ने चलखेल गरेको सम्बन्धि खबर एडुखबरमा सार्वजनिक भएपछि बोर्डलाई कक्षा १२ को परीक्षा पहिलेकै मितिमा गर्न दवाव परेको थियो ।

निर्वाचनका लागि आवश्यक मतपत्र छाप्न जनक शिक्षा सामग्री केन्द्रलाई जिम्मा दिने निर्वाचन आयोगको तयारीलाई बहाना बनाएर बोर्डका कर्मचारीले प्रश्नपत्र छाप्न भारत लैजानु पर्ने प्रस्तावको तयारी गरेका थिए ।

पढ्नुहोस् : कक्षा १२ को परीक्षा समेत सार्ने तयारी, भारतमा प्रश्नपत्र छाप्न चलखेल

भारतमा प्रश्नपत्र छाप्न पाए आर्थिक लाभ हुने लोभमा उनीहरुको यस्तो तयारी थियो । तर मन्त्रालयले उक्त तयारीमा ब्रेक लगाएपछि बोर्डले कक्षा ११ को मात्रै परीक्षा मिति सारेको हो । पछिल्लो ५ बर्ष देखि प्रश्नपत्र नेपालमै छाप्न थाले पछि भारत जाने क्रम रोकिदाँ देशको करोडौं रकम विदेशिनबाट बच्दै आएको छ । कुनै पनि बहानामा प्रश्न पत्र भारत छाप्ने निर्णय नगर्ने शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले प्रतिबद्धता जनाईसकेका छन् ।

पढ्नुहोस् : प्रश्नपत्रको चलखेलमा शिक्षा मन्त्रालयको 'ब्रेक', ११ को परीक्षा असारमा हुने सम्भावना

गत फाुगुन ९ गते बसेको मन्त्रीपरिषद् बैठकले २०७४ बैशाख ३१ गते स्थानीय निर्वाचनको मिति घोषणा गरेको थियो । त्यस लगत्तै निर्वाचन आयोगले बैशाख २५ गते देखि शैक्षिक संस्था बन्द गर्न आग्रह गरेको छ

प्रतिक्रिया