काठमाडौं - आसन्न स्थानीय निर्वाचनका बेला शैक्षिक संस्थाहरु बन्द गर्ने तयारीको विरोध गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । निर्वाचनका लागि मतदान केन्द्रको विकल्प खोजी स्थानीय नगर वा गाउँपालिकाका अन्य स्थलहरुमा निर्वाचन केन्द्र बनाउन महासघंको सुझाव छ । वैकल्पिक निर्वाचन केन्द्र खोज्न माग गर्दै महासंघले विद्यालयको पठन पाठन नरोक्ने वातावरणको प्रतिवद्धता जाहेर गर्न सरकारसँग आग्रह समेत गरेको छ ।
विगत बर्षहरु देखिनै निर्वाचनका लागि विद्यालय भवनहरु प्रयोग गरिदाँ पठन पाठनमा असर परेको स्मरण गराउँदै महासँघका अध्यक्ष कृष्ण थापाद्धारा जारी विज्ञप्तिमा निर्वाचनका बेला विद्यालय बन्द गर्नुले लाखौं स्कुले बालबालिकाको भविष्य अन्योलमा पर्ने उल्लेख छ ।
'निर्वाचन अपरिहार्य हो तथापि, नेपालको ईतिहासमा प्राय सबै निर्वार्चनहरु सामुदायिक विद्यालय परिसरमै आयोजना गर्ने र आम शिक्षक कर्मचारीहरु परिचालन गर्ने संस्कार पनि रहँदै आएको छ' विज्ञप्तिमा भनिएको छ ।
यस बर्ष निर्वाचन गर्ने स्थानको विकल्प नदोज्ने हो भने भूकम्पका कारण पढाईमा बाधा बेहोरेका विद्यार्थीलाई झन् असर पर्ने महासंघले ठहर गरेको छ । नयाँ शैक्षिक सत्रमा सरकारले समयमै पाठ्य पुस्तक पुर्याउन नसक्ने प्रष्ट भईसक्दा यसले पठनपाठनमा पार्ने असर फेरी निर्वाचनका नाममा थपिने महासंघको चिन्ता छ ।
यो पनि पढ्नुहोस् : चुनावका बेला एक साता पठनपाठन स्थगन, शिक्षकको बिवरण माग
प्रतिक्रिया