Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

शिक्षकले कुटेर नीलडाम

विहीबार, १९ फागुन २०७३

काठमाडौं १९ फागुन/ नयाँ बानेश्वरमा रहेको एम्बिसन एकाडेमीका शिक्षकले विद्यार्थीको अनुहारमा नीलडाम हुने गरी कुटेका छन् ।

एलटीसी शिक्षक दावा मोक्तानले मुक्का हानेर ५ कक्षामा अध्ययनरत जेनिश राईको देब्रे आँखाछेउ नीलडाम बनाएको अभिभावक मोहन राईले बताए । बेन्चबाट उठेर मसी भर्न बाहिर निस्कँदा मुक्का हानेको जेनिशले बताए । छोराको अनुहारै सुन्निने गरी कुटपिट गरेपछि शिक्षकलाई कारबाही गर्न माग गरे पनि विद्यालय प्रशासनले उल्टै थर्काएर पठाएको मोहनले बताए ।
‘मेरो छोरा कुट्ने शिक्षकलाई कारबाही हुनुपर्छ भनेर प्रिन्सिपललाई भन्दा उनले तपाईंले जे गर्न सक्नुहुन्छ गर्नुस् मेरो शिक्षकलाई केही गर्दिनँ भने,’ मोहनले भने । कान्ति बाल अस्पतालमा छोराको जाँच गराउँदा आँखा र अन्य भागमा असर परेको हुन सक्ने चिकित्सकले जानकारी दिएपछि राई परिवार चिन्तित भएका छन् । उनले शिक्षकलाई कारबाहीको माग राखेर बालबालिका खोजतलास केन्द्रमा समेत उजुरी दिएका छन् ।
विद्यालयका प्रिन्सिपल विष्णु घिमिरेले शिक्षकको कमजोरी भएको स्वीकार गरे । ‘शिक्षकले कुटेछन् । त्यस्तो गर्नु हुँदैनथ्यो,’ उनले भने, ‘कमजोरी भएको हो । गल्ती गर्ने शिक्षकलाई कारबाही गर्छौं ।’

कान्तिपुरमा प्रकाशित खबर ।

 

प्रतिक्रिया