Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

संघीयतामा शिक्षाबारे बहस

बुधबार, १८ फागुन २०७३

काठमाडौं १८ फागुन/मुलुक संघीय संरचनामा गइरहेका बेला शैक्षिक नीति तथा कार्यान्वयनबारे छलफल सुरु भएको छ । चार नम्बर प्रदेशस्तरीय संघीय राज्य संरचनामा शैक्षिक नीति तथा कार्यान्वयन विषयक गोष्ठीका सहभागीले अहिलेको शिक्षाले बेरोजगारी मात्रै उत्पादन गरेकाले परिवर्तन आवश्यक रहेको औंल्याए ।  

स्कुल, क्याम्पस खोल्ने लहर चले पनि गुणस्तर खस्कँदै गएको र सरकारले पनि बजेट घटाउँदै लगेकोप्रति उनीहरूले चिन्ता जनाए । मुलुक संघीयतामा रूपान्तरण हुन लागेको सन्दर्भमा प्रत्येक नागरिकका अपेक्षा समेट्दै शिक्षाका मुद्दालाई प्रमुखतासाथ उठाउनुपर्ने उनीहरूको भनाइ छ ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया