Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
गतिविधि

विद्यार्थीको स्वयम् सेवामा स्वास्थ्य शिविर

मंगलबार, १७ फागुन २०७३

भक्तपुर– भक्तपुरको भार्वाचोस्थित गणेश माध्यमिक विद्यालयले एकदिने स्वास्थ्य शिविर गरेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीले स्वयम्सेवकको जिम्मा दिएर गरिएको शिविरमा स्थानीय ज्येष्ठ नागरिक, महिला, बालबालिका सहभागिता रहेको थियो ।
कक्षा ८, ९ मा अध्ययनरत विद्यार्थीहरुले शिविरमा सहभागीहरुको नाम दर्ता गर्ने, डाक्टर तथा नर्सहरुको काममा सहयोग गर्ने, तौल लिनेलगायतका काम गरेका थिए । ‘विद्यालयको ३३ औं बार्षिकोत्सवको अवसरमा हामीले निःशुल्क स्वास्थ्य शिविर गरेका हौं, यसका विद्यार्थीहरुले स्वयम्सेवकको भूमिका निर्वाह गरेका थिए ।’ विद्यालयका प्रअ गंगाप्रसाद याकामीले भने ।
उनले ज्येष्ठ नागरिकको लागि हाडजोर्नी र दम, महिलाको लागि स्त्री रोग, बालबालिका तथा विद्यार्थीका लािग जनरल सेवा स्वास्थ्य शिविरमा उपलब्ध भएको बताए ।
शिविरमा कूल १ सय ८० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरका लागि विराट नेपाल मेडिकल ट्रस्टका सजना श्रेष्ठ, डा. नरेश भण्डारीको टोलीले प्राविधिक सहयोग गरेको थियो ।
सांसद अनुराधा थापामगरले उद्घाटन गरेको सो शिविरमा पद्म स्रोत केन्द्रका स्रोतव्यक्ति ध्रुव हमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर दुगुजको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षकद्वय रत्नप्रसाद फैजूलगायतले स्वास्थ्य शिविरको बारेमा बोलेका थिए ।

 

प्रतिक्रिया