काठमाडौं - भारतको बनारसमा रहेको काशी हिन्दू विश्वविद्यालयको नेपाल चेयरमा पुन: डा. शिवप्रसाद पौड्याल नियुक्त भएका छन् । शिक्षामन्त्री धनिराम पौडेलले डा. पौड्याललाई तीन बर्षे कार्यकालको लागि पुन: नेपाल चेयरमा नियुक्त गरेका हुन् । सन् २०१४ मा नियुक्त भएका पौड्यालको पहिलो कार्यकाल गएको जनवरी २९ मा सकिएको थियो ।
सन् १९४३ देखि काशी हिन्दू विश्वविद्यालयमा नेपाली भाषा, साहित्य, संस्कृति र इतिहासको पठनपाठन हुँदै आएको छ ।
हालसम्म नेपालबाट १४ जना नेपाली भाषा साहित्यका विषय विशेषज्ञहरुले उक्त पदमा रहि आफ्नो पदीय दायित्व निर्वाह गरिसकेका छन् । काशी हिन्दु विश्वविद्यालयमा हाल पाँच सय भन्दा वढी नेपाली विद्यार्थीले अध्ययन गरिरहेका छन् । त्यसैगरी १८ जना विद्यार्थीले नेपाली भाषा, साहित्य, संस्कृति र इतिहास विषयमा विद्यावारिधिको शोधकार्य गरिरहेका पौड्यालले जानकारी दिए ।
प्रतिक्रिया