Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

उपकुलपति नहुँदा योजना ठप्प

मंगलबार, १० फागुन २०७३

काठमाडौं १० फागुन/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिमा ढिलाइ हुँदा क्यान्सर र मुटुरोग उपचारका लागि सरकारले दिएको १८ करोड रुपैयाँ फिर्ता हुने भएको छ ।

मुटुरोग उपचार केन्द्रका लागि १५ करोड र क्यान्सर उपचार केन्द्रको आधुनिक भवन निर्माणका लागि ३ करोड रुपैयाँ उपलब्ध गराइएको थियो ।
भवन निर्माणका लागि बोलपत्र आह्वानपछि मूल्यांकन सकिए पनि उपकुलपति नहुँदा म्याद गुज्रिने अवस्था आएको रजिस्ट्रार तुलबहादुर श्रेष्ठले बताए । बोलपत्र स्वीकृत गर्ने अधिकार उपकुलपतिलाई मात्र हु्न्छ । ‘उपकुलपति नियुक्ति चाँडै हुनेमा शंका छ, जति ढिलाइ हुन्छ प्रतिष्ठानको आर्थिक कारोबार उति बिग्रँदै छ,’ श्रेष्ठले भने, ‘पुन: टेन्डर गर्नुपरे ९० दिन लाग्छ । असार लागिसक्ने भएकाले काम प्रभावित हुन्छ ।’

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया