Edukhabar
शनिबार, ०५ असोज २०८१
विचार / विमर्श

थेसिस लेख्ने तरिकाको पछिल्लो भाग

शनिबार, २३ साउन २०७२

- डा. मनप्रसाद वाग्ले / थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् ।  नियमित कक्षा लिएका हुदैंनन्  । कसरी गर्ने भन्ने विद्यार्थीलाई जानकारी नहुँदा बर्षौदेखि अधुरै हुन्छ । विद्यार्थीको समस्या बुझेर शिक्षाविद् डा. मनप्रसाद वाग्लेले फेसबुक मार्फत थेसिस लेख्ने तरिका यसरी उल्लेख गरेका छन्  । यस अघिका सम्पूर्ण भाग सहित यसपटक १५ औं भाग : 

Lesson 15; Ethnography

गएका १४ पाठमा हामीले अनुसन्धान प्रस्तावना तयार पर्ने सम्बन्धि धेरै मसला छलफल गर्यौं/ आशा छ यसबाट उच्च शिक्षा तहमा अध्ययन गर्ने बिद्यार्थीहरु (स्नातकोत्तर, एम फिल र पिएचडी) लाई केही राहत महशुस भएको हुनुपर्छ/ आज देखि हामी अनुसन्धान बिधि अर्थात तपाइको खास बिधि (मेथड अफ रिसर्च) का बारे कुराकानी गर्नेछौं/ पहिला गुणात्मक अनुसन्धानका बिधि बारे चर्चा गरौँ/

१. इथ्नोग्राफी (Ethnography):

समाजमा हुने गरेका काम कारबाही, अन्तरक्रिया, त्यहाँ बस्ने मान्छेको बुझाई, कुनै खास समूह वा संस्थाको संस्कृति जस्ता कुराको आधारमा तयार पारिने अनुसन्धान यस अन्तर्गत पर्दछन/ यसको मूल जरा भनेको मानाव शास्त्रनै हो/ मानवीय व्यवहार उसको संस्कृति संग गाँसिएको हुन्छ र उसका बिचार, धारणा, काम कारवाही, अरु प्रति हेर्ने दृष्टिकोण सबै त्यसैले निर्देशित गरेको हुन्छ/ के त्यस्ता सांस्कृतिक, सामाजिक, परिवेश रहेछन त? जसले गर्दा ती मानिसहरुको बिचार वा भावना वा बुझाइ फरक फरक बन्ने रहेछ? वा उनीहरुको खास संस्कृति र विचारका मूल आधार के रहेछन त? जस्ता प्रश्न को जवाफ नै Ethnography हो/

यसको लागि अवलोकन (तपाइँ आफै एउटा अंस भएर गर्ने participant observation), अन्तर्वार्ता, छलफल, एबम् उनीहरु अवस्थित समाजका धरोहर अध्ययन (cultural artifact study) जस्ता काम गरेर बिस्तृत रुपमा सूचना संकलन गर्ने र जस्ताको तस्तै बिवरण विश्लेषण सहित अरु माज पुर्याउने काम Ethnography विधिका ठोस प्रकृया हुन्/ यसमा बाहिर बाट कस्तो देखिन्छ भन्दा पनि तपाईं आफैं त्यसको अंस भएर भित्रबाट नियाल्दाकस्तो रहेछ भन्ने अनुसन्धान गरिन्छ/ त्यसैले यस्तो अनुसन्धान गर्ने मानिसहरु लामो समय (प्रकृति हेरी कम्तिमा ६ महिना देखि माथि) उनीहरुले अध्ययन गर्न चाहेको समूह संग आबद्ध हुन्छन र आफु समेत अनुसन्धानको साधन भएर काम गर्छन/
यति गहन अनुसन्धान भएकोले तपाइंले कुनै खास समूह, समुदाय, व्यक्तिको झुण्ड जस्ता बिशेष प्रकारको परिवेश (phenomenon) छान्नु पर्ने हुन्छ/

यस्तो अनुसन्धान गर्दा धेरै sample हुनुपर्छ भन्ने छैन/ तपाईं एउटा मात्रै समूहको बिस्तृत अध्ययन गरेर थेसिस लेख्न सक्नु हुन्छ/ यो सामाजिक अनुसन्धान संग सम्बन्धित भएकोले तपाईं समाजका बिकृति, विसंगति, बनावट, त्यहाँका मान्छेको रहन सहन, चालचलन, बिचार जस्ता कुरालाई आफ्नो अनुसन्धानको मूख्य बिषय बनाउन सक्नु हुन्छ/

उदाहरणको लागि 'Perception and Practices of Higher Education among Women:An Ethnographic Study of PhD Holders" भन्ने बिषय तपाइंको रोजाइ हो भने तपाइंले PhD गरेका केही (3-4) महिला छनौट गर्नु हुन्छ, उनीहरु संग बसेर उच्च शिक्षा हासिल गर्दा उनीहरुले गरेका अनुभव, चुनौती, समस्या जस्ता कुरामा छलफल गर्नु हुन्छ, प्रत्येक को छुट्टा छुट्टै अन्तर्वार्ता गर्नु हुन्छ, उनीहरु संगै घुलमिल गरेर पढाइ संग सम्बन्धित महिलाका भित्री समस्याका कुरा खोतल्न सक्नु हुन्छ, उनीहरुको पढाइको निरन्तरता कसरी रह्यो, कहाँ कहाँ संघर्ष गर्नु पर्यो, किन त्यसो संघर्ष भोग्न पर्यो ? घर परिवार र समाजले हेर्ने दृष्टिकोण कस्तो रह्यो, आज पढाइ पुरा गर्दा कस्तो अनुभव हुँदैछ आदि आदि गुणात्मक सूचनाका पोको बनाएर विश्लेषण गर्न सक्नु हुन्छ/ उनीहरु हुर्केको परिवेश अध्यन गर्नु हुन्छ, उनीहरुको सामाजिक र सांस्कृतिक आधार बुझ्नु हुन्छ, उनीहरुका परिवार र उनीहरु बस्ने समाजका अरु मान्छे संग समेत यस सम्बन्धमा कुरा खोतल्नु हुन्छ अनि एउटा सिङ्गै थेसिस लेख्नु हुन्छ/

यस अघिको भाग

Lesson 14: Research Paradigm

Research paradigm ले सामाजिक/बिज्ञानको दार्शनिक पक्षलाई उजागर गर्छ/ एउटा अनुसन्धानकर्ताको यो संसार हेर्ने दृष्टिकोण जस्तो छ उसले गर्ने अनुसन्धान पनि त्यस्तै हुन्छ/ ज्ञान के हो र सत्य के हो भन्ने बारे प्रत्येक मानिसको आ-आफ्नै बिश्वास र सोचाई हुन सक्छन जसले उसको अध्ययनमा गहिरो प्रभाव पार्दछ/ किनभने यही paradigm ले नै अनुसन्धानकर्ताले सामाजिक परिवेश कसरी बुझेको छ भन्ने कुरा देखाऊंछ/ त्यसैले त अनुसन्धान बिधि तय गर्नु अगि नै Research paradigm के हो भन्ने कुरा खुलाउनु पर्ने हुन्छ/ खासगरी ontology र epistemology लाई Research paradigm को दार्शनिक आधार मानिन्छ/

Research paradigm १: यदि तपाई बाहिरी बिश्वमा भएका कुरालाई नै आफ्नो सत्य मान्नु हुन्छ र त्यसभन्दा अरु सत्य केही छैन भन्ने बिश्वास गर्नु हुन्छ भने तपाईंको paradigm भनेको positivism भयो किनभने positivist हरुले संसार लाई हेर्ने दृष्टिकोण र तपाईंको दृष्टिकोण समान भयो/ प्राकृतिक बिज्ञान संग सम्बन्धित अनुसन्धान यस कोटीमा पर्दछन/ खासगरी quantitative research त्यो पनि ठ्याक्कै hypothesis मा भएका variables नापेर यति नै हो यो भन्दा फरक हुन सक्दैन भन्ने खालको अनुसन्धान/

Research paradigm २: यदि तपाई बाहिरी बिश्वको सत्य आत्मसात त गर्नु हुन्छ तर ज्ञान भन्ने कुरा value free हुन सक्दैन भन्ने बिश्वास गर्नु हुन्छ भने तपाईंको Research paradigm भनेको post-positivism हुने भयो / खासगरी सामाजिक बिज्ञानमा अनुसन्धान गर्ने संख्यात्मक अनुसन्धान यो कोटिका अनुसन्धान हुन्/ अर्को रुपमा यसलाई critical realism पनि भनिन्छ जसले ज्ञानको निर्माण समाजबाटै हुने भएता पनि संरचनात्मक रूपमा बैज्ञानिक सिद्धान्तलाई पनि नकार्दैन/

Research paradigm ३: यदि तपाई सत्य भन्ने कुरा समाजमा रहने मानिसहरूले निर्माण गर्ने हो र यो प्रत्येक मानिसको सोचाईमा भर पर्छ भन्नुहुन्छ भने तपाईको Research paradigm भनेको Interpretivism भयो जसले constructivism मा बिश्वास गर्छ/ यो Research paradigm भनेको positivism को ठ्याक्कै अर्को ध्रूब हो/ अर्थात् प्राय: गुणात्मक अनुसन्धान गर्नेहरु यो paradigm अंगाल्दछन् /

Research paradigm ४: एउटा अर्को बिश्वास छ जसले positivism/postpositivism र interpretivism जस्तो आ-आफ्नो डम्फु लिएर मात्र अनुसन्धान गर्नु पर्छ भन्ने छैन भन्ने कुरा अगाडि सार्दछ र त्यो नै व्यवहारिक हो भन्दछ/ तपाईंको research questions ले माग गरेको उत्तरको आधारमा नै Research paradigm तय हुन्छ / कुनै research question ले positivism खोज्ला त कुनैले interpretivism / त्यस्ता थुप्रै अनुसन्धान भएका छन र त्यसरी निकै महत्वपूर्ण अध्ययन गर्न सकिन्छ/ यो अवस्थामा तपाईंको Research paradigm भनेको pragmatism हुन पुग्छ/ खासगरी mix-method research वा संख्यात्मक भए पनि गुणात्मक सूचना समेत सङ्कलन गरेर अनुसन्धानलाई बल पुरयाउने काम भएको छ भने वा गुणात्मक अनुसन्धान भए पनि संख्यात्मक तथ्यांक समेतको संकलनबाट अनुसन्धान गरिएको छ भने त्यस्ता अनुसन्धानहरुमा यो दृष्टिकोण मौजुद रहन्छ/
(बाँकी अर्को पाठमा....)

यस अघिका अन्य भागका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया