काठमाडौं - ९ दिन बाँकी हुँदा प्रमुख दलका विद्यार्थी संगठनहरु स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव पाँच दिन पछि सार्न सहमत भएका छन् । प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरु बिच बिहीबार बसेको बैठकले चुनाव सार्ने सहमती गरेको हो ।
'आन्दोलनरत साथीहरुको माग अनुसार चुनाव पछि गर्ने सहमती बनेको छ, उहाँहरुको अधिबेशनका कारण पनि पछि गरौं भन्ने थियो' नेविसंघका अध्यक्ष नैनसिंह महरले भने, 'विश्वविद्यालयसँग छलफल बाँकी छ, स्थगित हैन अलिह पछि गरौं भन्दा विश्वविद्यालय पनि पक्कै सहमत हुन्छ भन्ने ठानेका छौं ।'
बिहीबार बसेको बैठकमा नेविसंघ अध्यक्ष महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने सहभागी थिए ।
फागुन १४ गते चुनाव गर्ने गरी त्रिविले आवश्यक कार्यतालिका र कार्य गर्दै आएको छ । तर, विप्लव माओवादी निकट विद्यार्थी संगठन त्यसको विरोधमा थियो ।
विद्यार्थी नेताहरुको सहमती सँगै उनीहरुसँग छलफल गरेर विश्वविद्यालयले चुनावको नयाँ तालिका सार्बजनिक गर्नेछ ।
प्रतिक्रिया