- डा. मनप्रसाद वाग्ले / थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन् । नियमित कक्षा लिएका हुदैंनन् । कसरी गर्ने भन्ने विद्यार्थीलाई जानकारी नहुँदा बर्षौदेखि अधुरै हुन्छ । विद्यार्थीको समस्या बुझेर शिक्षाविद् डा. मनप्रसाद वाग्लेले फेसबुक मार्फत थेसिस लेख्ने तरिका यसरी उल्लेख गरेका छन् । यस अघिका सम्पूर्ण भाग सहित यसपटक १६ औं भाग :
Lesson 16: Phenomenology
गएका पाठ बाट हामी गुणात्मक अनुसन्धानका प्रकारहरुमा छलफल गर्दैछौं/ त्यसै क्रममा आज phenomenology के हो? यो अनुसन्धानमा कति महत्वपूर्ण छ? र यसलाई कसरी प्रयोग गर्न सकिन्छ? भन्ने बारे छोटो टिप्पणी यहाँ प्रस्तुत छ /
दर्शन र मनोबिज्ञानका पक्षसंग सम्बन्धित phenomenology ले तपाई बाँच्नु भएको परिबेशमा तपाईंकै जीवन्त अनुभवको खोजी गर्दछ/ त्यस्तो परिवेश खास खास परिस्थितिमा बिशेष हुन्छन र तिनलाई उजागर गर्न अरु बिधि भन्दा phenomenology बढी उपयुक्त हुन्छ/
Phenomenology बास्तवमा phenomenon बाटै बनाइएको हो/ उदाहरणको लागि एउटा क्यान्सर पीडितले आफ्नो जीवन कसरी बाँचिरहेको छ त? भन्ने अध्ययन गर्नु पर्यो भने कुनचाहिं बिधि उपयुक्त होला? बाहिरबाट उसलाई देख्नेले भनेका कुराको आधार वा अरु क्यान्सर पीडितका आधारमा गरिने सामान्यीकरण वा जो पिडित छ उसैको पूर्ण कहानीमा आधारित अनुसन्धान/
यहाँ उल्लेख गरिएका कुनै पनि बिधि प्रयोग गरेर यो अनुसन्धान गर्न सकिन्छ तर सबैभन्दा भरपर्दो र अर्थपूर्ण नतिजा चाहिं Phenomenology बाट निकाल्न सकिन्छ/ सम्बन्धित क्यान्सर पिडित कसरी बाँचेको छ, उसका जीवन्त अनुभवहरु के छन्, क्यान्सर भएको छ भनेर थाहा पाउँदा पाउँदै र जीवन क्षणिक छ भन्ने बुझ्दाबुझ्दै पनि जिउनुको बास्तविक अर्थ के होला, कसरी जीवन यापन हुँदैछ, जीवन प्रतिको उसको दृष्टिकोण कस्तो छ, जस्ता सरल लाग्ने तर गहिरो मनोबैज्ञानिक र दार्शनिक आधारमा उभिएर खोतलीने सूचनाहरु phenomenology बिधि मानिन्छन/
यहाँ तपाईंको phenomenon भनेको ‘क्यान्सर रोग’ भयो र त्यो रोग संग लडेर जिएका मान्छेहरु तपाईंका सूचनादाता अर्थात् sample भए र उनीहरुको जीवन्त अनुभव (lived experience) तपाईंको सूचना अर्थात् data भयो/ तपाईंको मूल अनुसन्धान प्रश्न भनेको What is it like to live a life with cancer? हुनेभयो/ एउटा क्यान्सर पीडितले जींवन प्रति हेर्ने दृष्टिकोण र उसले लगाउने जीवनको अर्थ तपाईंको अनुसन्धानका मूल नतिजा हुने भए/
तपाईं त्यस्ता केही व्यक्तिहरुसंग प्रत्यक्ष सम्पर्कमा रहनु हुन्छ, उनिहरुसंग कुराकानी र अन्तर्वार्ता गर्नुहुन्छ, उनिहरुका बिचारलाई आफ्नो नोटबुकमा कैद गर्नुहुन्छ, सहमती लिएर त्यस्ता अनुभवलाई रेकर्ड गर्नुहुन्छ, उनिहरुका अनुहारमा देखिएका पीडाहरुलाई नियाल्नु हुन्छ र त्यसलाई आफ्नो सूचनाको एउटा पाटो ठान्नुहुन्छ, उनिहरुका परिवेश अवलोकन गर्नु हुन्छ, आफूले तयार पारेका सूचनाहरु उनिहरुसंग फेरी छलफल गर्नुहुन्छ र उनीहरुले गरेकै अनुभव जस्ताको तस्तै उनीहरुकै भाषामा तोड मरोड नगरीकनै सामाजिक सिद्धान्त, मनोबिज्ञान र दर्शनका आधारमा विश्लेषण गर्नुहुन्छ र एउटा थेसिस तयार पार्नुहुन्छ/
यसमा प्रत्यक्ष अनुभवका चार पाटा चासो को बिषय हुन सक्छन् Lived space (spatiality), Lived body (corporeality), Lived time (temporality) र Lived human relations (relationality) /
यस्ता थुप्रै अनुसन्धानका Topic तपाईं छान्न सक्नुहुन्छ जस्तो Experience of a life-long temporary teacher in Nepal, Experience of students who always stood first in all class examinations, Experiencing a life of being a working mother, Experience of a Parliamentarian, Living a life in Elderly Home etc. etc.
यी अनुसन्धानहरु अरु बिधिबाट गर्न नसकिने होइनन तर lived experience पहिचान गर्ने उपयुक्त विधिका रूपमा Phenomenology अग्रस्थानमा देखापर्छ/
प्रतिक्रिया