काठमाडौं ३ फागुन/विद्यार्थीको अंग्रेजी सुधार्ने उद्देश्यले राष्ट्रियस्तरको अंग्रेजी ‘स्पेलिङ’ प्रतियोगिता हुने भएको छ । टेलिभिजनमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको मलिन मिडिया एन्ड इभेन्टले कान्तिपुर टेलिभिजनमा ‘स्पेल बी’ नामक कार्यक्रम सञ्चालन हुने जनाएको छ ।
कार्यक्रममा देशभरका ७ सयभन्दा बढी स्कुल, कलेजले सहभागिता जनाउने बताइएको छ । उपत्यकाबाहिरको छनोट प्रक्रिया समाप्त भइसकेको छ भने सोमबारबाट उपत्यकामा पनि विद्यार्थी छनोट भइरहेको छ । प्रारम्भिक चरणमा २ सय ८३ प्रतियोगी छानिने र निर्णायकका रूपमा सञ्चारकर्मी भूषण दाहाल र सञ्जय गुप्ता रहने मलिन मिडियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान ल्याउनेलाई क्रमश: १ लाख,७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । पुरस्कारका रूपमा छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया