काठमाडौं २ फागुन/शिक्षक नहुँदा जिल्लाका दुई विद्यालय बन्द भएका छन् । दोर्पाचिउरीडाँडा ४ स्थित बालबालिका प्रावि र नेर्पा ९ स्थित नेर्पा प्रावि बन्द भएका हुन् ।
बालबालिका प्राविका शिक्षक राजन आचार्य दिक्तेलस्थित पञ्च माविमा सरुवा भएपछि एक महिनादेखि विद्यालय बन्द भएको छ । दोर्पाचिउरीडाँडा १ कर्कलेका बालबालिका आभारभूत विद्यालयका शिक्षक रघुनाथ दाहाललाई काजमा खटाइए पनि अहिलेसम्म उक्त विद्यालयमा नगएकाले विद्यालय रित्तो भएको जिल्ला शिक्षा कार्यालयका अधिकृत मीन थापाले बताए ।
यस्तै नेर्पा प्राविका शिक्षक पृथी जिम्बा पनि जनजागृति प्राविमा सरुवा भएको र त्यहाँ काजमा रहेका प्रकाश राई पनि मंगलबारदेखि बिदामा बसेकाले विद्यालय रित्तो भएको स्रोतव्यक्ति पञ्चकुमार राईले बताए ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया