तेह्रथुम - पूर्व ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयमा अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षाका लागि स्थापना गरिएको अक्षयकोष अभियानमा हाल सम्म ४ सय ९४ दाताहरुबाट रु. ४३ लाख ७६ हजार संकलन भएको छ । विद्यालयको २५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस एवम् रजत महोत्सवका अवसरमा अक्षयकोष स्थापनाको अभियान शुरु गरिएको थियो ।
महोत्सवको अवसरमा शनिबार दाताहरुलाई चाँदीको रजत महोत्सव मेडल सहित, सम्मान पत्र, पूmलमाला, दोसल्ला, खादा र अविरले सम्मान गरिएको छ । महोत्सवको समापन कार्यक्रममा विद्यालयमा लामो समय सम्म निजी दरबन्दिमा कार्यरत शिक्षकलाई समेत सम्मान गरिएको छसोही अवसरमा विभिन्न प्रतियोगीतात्मक कार्यक्रमका प्रतिस्पर्धीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयमा अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा संचालनमा आएपछि विद्यार्थीको आर्कषण बढे संगै यसलाई थप व्यावस्थापन गर्न विद्यालयले अक्षयकोष संकलन सुरु गरेको प्रधानाध्यापक जयप्रकाश ईङनामले जानकारी दिए ।
वर्तमानको समय कम्प्यूटरको युग भएकाले विज्ञान र प्रविधिमा विद्यार्थीको आधारभूत सैद्धान्तिक र व्यावहारीक ज्ञान हुनु जरुरी भएकाले विद्यालयमा कम्प्यूटर शिक्षा संचालन गरिएको छ । शैक्षिक सत्र २०७० साल देखि नै विद्यालयले २८ सय वाटको सोलार प्रविधि जडान गरि विद्यालयमा आधाभूत कम्प्यूटर शिक्षा संचलान गरिएको प्रधानाध्यापक ईङनामले बताए । शैक्षिक सत्र २०७१ देखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ ।
विद्यालयले कक्षा नर्सरी देखि कक्षा आठ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने उद्देश्य राखी हाल कक्षा तीन सम्म अंग्रेजी माध्यमबाट पठन पाठन संचालन गरिरहेको छ । विद्यालयको आन्तरिक स्रोत कमजोर भएकाले दक्ष शिक्षकको व्यवस्थापनका लागि आर्थिक चुनौती रहेकाले रजत जयन्तीको अवसर बनाई अक्षयकोष अभियान संचालन गरिएको र यसलाई निरन्तरता दिने विद्यालय व्यावस्थापन समितिका अध्यक्ष खड्गप्रसाद ईङनामले जानकारी दिए ।
प्रतिक्रिया