Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

कक्षा कक्षामा जिशिअ

शुक्रबार, २८ माघ २०७३

काठमाडौं २४ माघ/शैक्षिक सुधारका लागि ग्रामीण भेगका विद्यालयमा पुगी दोलखाका जिल्ला शिक्षा अधिकारी विद्यार्थीलाई पढाउन व्यस्त छन् ।
नेपाली शैक्षिक बजारमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्ने जनशक्ति उत्पादनको तयारीका लागि जिल्ला शिक्षा अधिकारी नारायाणकाजी काशिछ्वा कक्षाकोठामा पुग्ने गरेका छन् । विद्यालयको शैक्षिक अवस्थाको निरीक्षण एवं अनुगमन गर्ने क्रममा जिशिअ काशिछ्वाले शैक्षिक अवस्थाको छड्के जाँच गरी अपुग कुरा विद्यार्थीलाई सिकाउने गरेका छन् । जिशिअले टोलीमा विषयगत विशेषज्ञ र स्रोतव्यक्ति लिएर जाने हुँदा विषयगत समस्या समाधान गर्न सजिलो भएको जिशिका कार्यालय दोलखाले जनाएको छ ।
जिल्लाको सिकाइ उपलब्धि जसरी भए पनि वृद्धि गर्नुपर्ने चुनौती आजका शिक्षक र जिल्ला शिक्षा कार्यालयका कर्मचारीमा रहेकाले विद्यालय निरीक्षण दौडाहा कार्यक्रम अभियानका रुपमा अगाडि बढाइएको हो । जिशिअ काशिछ्वाले भने । शैक्षिक सुधारका लागि शिक्षाका तीन खम्बा शिक्षक विद्यार्थी र अभिभावकलाई नै सचेत र क्रियाशील गराउन गाउँगाउँमा पुग्ने गरेको जिशिअ काशिछ्वाको भनाइ छ ।
दीपशंकर चौलागाईले राजधानीमा लेखेको खबर ।

 

प्रतिक्रिया