Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

शिक्षकको अवधि गणना गर्नुअघि सात बुँदा ध्यान दिन निर्देशन

मंगलबार, २५ माघ २०७३

भक्तपुर - शिक्षकको सेवा अवधि प्रमाणित गर्दा जिल्ला शिक्षा कार्यालयहरुबाट धेरै त्रुटी भएपछि विभागले विभिन्न सात बुँदालाई ध्यान दिएर अवधि गणना गर्न जिशिअहरुलाई निर्देशन दिएको छ । शिक्षकहरुको सेवा अवधिको अभिलेखलाई त्रुटीरहीत बनाउन निर्देशन दिनु परेको विभागले जनाएको छ ।

उक्त निर्देशन अनुसार अबदेखि स्वीकृत अस्थायी दरबन्दीबाट लियन वा राहत दरबन्दीमा लैजादाँ वा ल्याउँदाको अवस्थामा नोकरी मिति किटान साथ उल्लेख गर्र्नु पर्ने छ । यस्तै विस्थापित शिक्षकलाई पुनस्थापित गर्दा नोकरी अवधि टुट्न गएता पनि सेवा निरन्तरता भनी लेख्ने गरिदैं आएको फेला परेकोले त्यस्तो नगर्न विभागले निर्देशन दिएको छ । अस्थायी शिक्षकलाई अध्यापन अनुमतिपत्र विना नियुक्ति दिन गरेको र सेवा अवधि प्रमाणित गर्दा अध्यापन अनुमतिपत्र भन्दा अगाडिको सेवा अवधिलाई पनि प्रमाणित गरी पठाउने गरेकोमा अवदेखि त्यसो नगर्न  विभागले भनेको छ ।

पहिले सेवा अवधि प्रमाणित गरी आएको विषयमा अस्पष्ट भई थप जानकारीका लागि पत्राचार गर्दा फरक फरक ब्यहोरा आउने गरेको भन्दै विभागले एक जिल्लामा कार्यरत शिक्षकले अर्को जिल्लामा नयाँ नियुक्ति लिएको भएतापनि विना रमाना सेवा अवधि निरन्तर भनी प्रमाणित गर्ने गरेको फेला परेकोले त्यसो नगर्न विभागले निर्देशन दिएको छ ।

अस्थायी कार्यरत नरहेका शिक्षकलाई पनि कार्यरत रहेको भनि विवरण आएको भन्दै विभागले जिल्ला क्षिा अधिकारीले सेवा अवधि प्रमाणित गर्ने ब्यवस्था नियमावलीमा भएपनि उप जिल्ल शिक्षा अधिकारी, शाखा अधिकृत र विनीहरुले समेत सेवा प्रमाणित गरी पठाउने गरेकोमा त्यसो नगर्न निर्देशन दिएको छ ।

गत मंसिर ८ गते शिक्षक सेवा आयोगले शिक्षक सेवा अवधि गणनामा जिशिकाबाट त्रुटी भएको भन्दै उक्त समस्या समाधन गर्न मन्त्रालयलाई पत्राचार गरेको थियो । सोही आधारमा मन्त्रालयले विभागलाई उक्त सात बुँदा कार्यान्यन गर्न भनेपछि विभागले जिशिकालाई परिपत्र गरेको हो ।

प्रतिक्रिया