काठमाडौं २५ माघ/पाँच महिना बित्दा पनि भाषा आयोगले पूर्णता पाउन सकेको छैन । पूर्णता नपाउँदा संवैधानिक आयोगले हालसम्म अगाडि बढाएका सम्पूर्ण कार्य तथा योजना अलपत्र छन् ।
सरकारले भदौ २३ गते भाषा आयोग गठन गर्दै त्यसको अध्यक्षमा डा. लवदेख अवस्थीलार्य नियुक्ति गरेको थियो । भाषा आयोगमा रहने सदस्यबारे नेपालको संविधानमा ठ्याक्कै उल्लेख नभए पनि आवश्यक संख्यामा सदस्य रहने व्यवस्था छ । हरेक प्रदेशको प्रतिनीधित्व हुने गरी सात सदस्य हुन सक्ने भनिएको छ ।
आयोगका अध्यक्ष डा. अवस्थीले आयोगले पूर्ण आकार प्राप्त गरेको भए कामको गति अघि बढ्न सक्थ्यो भन्दै थपे, मेरो एकल तागतले आयोगलाई अगाडि बढाउन चुनौति छ । आयोगको कार्यमा असहज भएको छ ।
नेपाल सरकारले अयोगका लागि आवश्यक कर्मचारी करिबकरिब उपलब्ध गराइसकेको छ । पूर्णता नभए पनि आयोगले पाँचवर्षे रणनीतिक मार्गचित्र तयार गरिरहेको छ भने कार्यविधि तयार भइसकेको छ ।
प्रकृति अधिकारीले गोरखापत्रमा लेखेको खबर ।
प्रतिक्रिया