काठमाडौं २४ माघ/नयाँ बानेश्वरको शान्तिनगरस्थित एभरेष्ट फ्लोरिडा उमाविमा कक्षा ११ मा विज्ञान विषयमा अध्ययनरत उषा चौधरीको एक वर्षको पढाइ खेर जाने भएको छ ।
सप्तरीको राजविराजबाट पढ्नैका लागि काठमाडौं आएकी चौधरीले गत वर्षको प्रवेशिका परीक्षामा ल्याएको ग्रेड विज्ञान विषयमा भर्ना हुन योग्य नहुँदा नहँुँदै विद्यालयले भर्ना गरेर ८० प्रतिशत कोर्स पूरा भइसकेपछि मात्र उनले त्य विषयमा परीक्षा दिन नमिल्ने थाहा भएको हो । भर्नाको समयमा विद्यालयको लापरबाही र रजिष्ट्रेशन फाराम बुझाउँदा राष्ट्रिय परीक्षा बोर्डले पनि ध्यान नदिँदा विद्यार्थी अलपत्र परेकी हुन् ।
सो विद्यालयमा मात्र यस्ता विद्यार्थी तीनजना रहेका छन् । अन्य विद्यालयमा पनि यस्ता समस्या देखिन थालेको छ ।
राजधानीमा प्रकाशित खबर ।
प्रतिक्रिया