भक्तपुर– भक्तपुरमा तीनदिने बृहत् शैक्षिक प्रदर्शनी हुने भएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च माध्यमिक विद्यालयको १७ औं, ख्वप कलेजको १५ औं र शारदा क्याम्पसको २६ औं वार्षिकोत्सवको अवसरमा उक्त शैक्षिक प्रदर्शनी हुन लागेको हो ।
विद्यार्थीहरुमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, समाज, इतिहास, भूगोल, कला र संस्कृति, पर्यटनलगायतको विकासबाट देशको समग्र विकासमा खेल्ने भूमिकाबारे जानकारी दिन प्रदर्शनी गर्न लागिएको ख्वप उमाविका प्राचार्य एवं कार्यक्रमका सह संयोजक प्रकाशकुमार श्रेष्ठले जानकारी दिए । प्रदर्शनी माघ २५, २६ र २७ गते हुने छ ।
विज्ञान, प्रविधि, व्यवस्थापन र सामाजिक ज्ञानबीचको अन्तरसम्बन्धबारे प्रकाश पार्न तथा नयाँ पुस्तालाई देश, जनता र समाजप्रति जिम्मेबार बनाउने उद्देश्यले शैक्षिक प्रदर्शनी गरिँदै आएको प्रदर्शनीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।
प्रदर्शनीमा विज्ञान, व्यवस्थापन र मानविकी र शिक्षा संकायलगायतका एकसय पचासभन्दा बढी स्टल रहने छन् । प्रदर्शनीमा दस जोड दुई, स्नातक र स्नातकोत्तर तह सञ्चालन गरिरहेको कलेजको सा प्रदर्शनीमा विज्ञानका ८४, व्यवस्थापनका ४२, शिक्षाका १५ र मानविकीका २२ वटा स्टल रहने छ ।
जैविक विविधताको संरक्षण, कृषि, विज्ञान तथा प्रविधि, हरित ऊर्जा, सूचना, सञ्चार तथा यातायात, सामुदायिक स्वास्थ्य, वातावरण संरक्षण, गणितीय मोडललगायतका विषयमा प्रदर्शनी केन्द्रित रहने कलेजको भनाइ छ ।
विशेषतः माध्यमिक तहका विद्यार्थीहरुलाई केन्द्रित गरिएको उक्त प्रदर्शनीमा उपत्यकासहित काभ्रेका करि १ सय ३५ विद्यालयका एकहजार, अभिभावक तथा शिक्षाका सरोकारवालाहरु गरेर करिब १५ हजारले प्रदर्शनीमा सहभागिता जनाउने आयोजकको भनाइ छ ।
प्रदर्शनीमा उत्कृष्ट प्रदर्शनी गर्ने स्टललाई पुरस्कृत समेत गरिने भएको छ । कलेजले २०६५ सालबाट यस्तो प्रदर्शनी गर्न थालेको हो ।
प्रतिक्रिया