भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ४६ हजार १ सय ४३ विद्यार्थी उत्तीर्ण भएको नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।
परीक्षामा ५३ हजार ५ सय ७ विद्यार्थी सम्मिलित भएकोमा ८६ दशमलब २४ प्रतिशत उत्तीर्ण भएका छन् । कक्षा ११ मा एक विषय लागेका विद्यार्थीका लागि बोर्डले गत माघ ८ गते देशभरका १ सय २९ केन्द्र मार्फत् परीक्षा लिएको थियो ।
यो परीक्षामा पनि उनुत्तीर्ण हुने विद्यार्थीले आगामी बैशाख जेठमा हुने नीयमित परीक्षामा फेरी सहभागि हुन सक्ने छन् । कक्षा १२ को परीक्षा बैशाख १० गतेबाट र ११ को परीक्षा २४ गतेबाट सञ्चालन हुने बोर्डले तय गरिसकेको छ ।
प्रतिक्रिया