ललितपुर - त्रिभुवन विश्वविद्यालयका पूर्व रेक्टर डा. सूर्यलाल अमात्यको निधन भएको छ । विगत ४ महिना देखि क्यान्सरले थलिएका अमात्यको शनिबार साँझ साढे ६ बजे निधन भएको हो । उनको शनिबारनै अन्तेष्टि गरिएको छ ।
विश्वविद्यालयबाट अवकास भएपनि अमात्य उच्च शिक्षाको सुधार र विकासका क्षेत्रमा कृयाशिल थिए । 'बाबा सकृय नै हुनुहुन्थ्यो अकस्मात क्यान्सर देखियो, चार महिनामा त वितिहाल्नु भयो' छोरा अनिललाल अमात्यले एडुखबरलाई भने । स्वर्गीय अमात्यका ४ छोरा छन् ।
विक्रम सम्बत १९९२ साल फागुनमा ललितपुरको कुपण्डोलमा जन्मिएका अमात्यले भारतको बरुडा र अमेरिकाबाट स्नातकोत्तर गरेका थिए भने बनारस विश्वविद्यालयबाट भूगोलमा विद्यावारिधि गरेका थिए ।
प्रतिक्रिया